Search

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी

१३ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भएका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २ सय १६, रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७ सय ३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो । उपनिर्वाचन भएका अन्य दुई क्षेत्रबाट रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!