११ बैशाख, बाँपीझ्याला, ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ६ अन्तर्गतको शितलाहाइट स्थित यरफाँटमा रहेको गनिता चौधरीको घरमा बैशाख १० गते हिजो राती ११ बजेतिर चट्याङ् परेर आंशिक क्षति पुगेको छ । उक्त घरमा चट्याङ पर्दा विजुलीको मिटर बक्स फुटेर विजुलीको तार लगायत बत्तीहरू जलेर असर परेको छ । यसको साथै उक्त चट्याङले सडकका बत्तीहरू समेत जलेर नष्ट भएका छने भने तार पनि असरल्ल परेको खबर छ । तर उक्त अप्रत्याशित घटनामा मानवीय क्षति भने भएको छैन ।
हिजो आजको आकस्मिक मौसम बदलावको कारण कतिखेर के घटना हुन्छ भनेर यकिन गर्न नसके पनि विद्युत प्रवाह हुने क्रियाकलापमा भने सबैले होशियार भएर ध्यान दिन जरुरी देखिन्छ । जस्तो कि मेघ गर्जिने बेलामा, हावा हूरी चलेको बेलामा टिभि, मोबाइल, फोन चलाउनमा पूर्ण बन्द गरिनु आवश्यक छ ।
नेपालमा यस्ता खाले चट्याङ्बाट बर्सेनी नराम्रो घटना घटिरहेको सबैलाई थाहा भएकै कुरा भएकोले यसबाट सवैजना होसियार हुन जरुरी रहेको छ । चट्याङ्बाट जोगिन विद्युतिय प्राविधिज्ञहरूले पनि बेला बेलामा सचेत हुने जानकारी बारे आवश्यक कदम चाल्न जरुरी देखिन्छ ।