Search

दोल्ती पावरको आईपीओ बाँडफाँट

दोल्ती पावरको आईपीओ बाँडफाँट

८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । दोल्ती पावर कम्पनीको आइपीओ आज शुक्रबार (वैशाख ८ गते) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ कुल १ लाख २७ हजार १८६ जना सर्वसाधारण आवेदकले शेयर पाएका छन् । जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार कुल १३ लाख ८३ हजार ७२४ जनाले आवेदन दिएकामा १ लाख १४ हजार ७७८ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ७१ हजार ८६१ कित्ता शेयर निष्कासन गरेको हो । आवेदकले बिक्री प्रबन्धकको वेबसाइट र मेरोशेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, दोल्ती पावरको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!