Search

बैतेश्वर गाउँपालिकामा बाख्रालाई खुवाउने पानीमा मल मिसाएर बाख्रा मारिए

बैतेश्वर गाउँपालिकामा बाख्रालाई खुवाउने पानीमा मल मिसाएर बाख्रा मारिए

८ बैशाख, बाँपीझ्याला, दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा बाख्रालाई खुवाउने पानीमा मल मिसाएर बाख्रा मारिएको छ । बैतेश्वर गाउँपालिका–४ का ६६ बर्षिय कृषक ढालबहादुर दाहालले पालेको बाख्रालाई पानीमा मल मिसाएर मारिएको हो ।

बाख्राको लागि जम्मा गरिराखेको पानीमा अज्ञात समूहले मल खुवाएर बाख्रा मारेको परिवारजनले बताएका छन् । ढालबहादुरका छोरा गोविन्द दाहालले आफ्ना बुबा आमाले पालेका बाख्रा जम्मा गरिरहेको पानीमा मल घोलेर मारेको बताएका छन् । बाख्रा मरेको स्थानमा बारीमा हाल्ने रासायनिक मल खसेको भेटिएको छ ।

अहिले पीडित किसानको घरमा अनुसन्धानको लागी वडा अध्यक्ष कुमार चौलागाईं लगायतको टोलि पुगेको छ । आज विहान करिब ७ बजे पानीमा मल घोलेर एउटा खसी र २ वटा बाख्रा मारेको पाइएको वडाध्यक्ष चौलागाईले बताउनुभयो । उहाँका अनुसार घरपरिवारबाट झुकिएर भएको घट्ना नभएर बाहिरी मानिसलेनै जानीजानी गरेको घटना रहेको देखिएको छ ।

३ वटा बाख्रा मर्दा करिब ६० हजार बराबरको क्षति भएको छ । २ वटा बाख्रा भने बिरामी अवस्थामा छन् । यद्धपी कसले बाख्रालाई मल खुवाएर मारेको हो भन्ने बारे केही खुलेको छैन ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!