Search

गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने

बाँपीझ्याला काठमाण्डौँ । सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका छ ।

‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्दछौँ’, मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार लु लाग्दा हृदयको गति तीव्र हुन्छ भने श्वासप्रश्वास र रक्तचाप कम हुने पर्छ । यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने जस्ता लक्षण पनि देखिन्छ ।

यस्तै शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने जस्ता असर पनि लु लाग्दा देखिने मन्त्रालयको भनाइ छ ।

तातो हावा वा लुबाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कन, फलफूलको रस र प्रशस्त पानी पिउन मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै धेरै पसिना आएमा कहिलेकाहिँ जीवनजल पिउन, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, चिसो पानीले नुहाउन, मदिरा सेवन नगर्न, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन मन्त्रालयले आग्रह गरेको छ ।

क्याफिनले धेरै पिसाब गराउने भएकाले चिया, कफी, सोडा जस्ता पेय पदार्थ पिउन नहुने मन्त्रालयको भनाइ छ ।

सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!