७ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँधी हुरी र बतास सँग डराउनु पर्ने अबस्था नभएको बताउनु भएको छ । यही बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको सन्दर्भमा चितवनको कालिका नगरपालिकाको पदमपुरमा भएको आम सभामा प्रधानमन्त्री प्रचण्डले संबिधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धन भएकोले संबिधान र लोकतन्त्रलाई कमजोर बनाउनेहरुसँग नडराउनआग्रह गर्नु भयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंकित गर्दै खहरे खोला उर्लेर आउँछ र केही दिनमा नै खोला बगेको ठाउँमा कमिला हिड्छ भन्नु भयो ।
गठबन्धन नारायणी नदी जस्तो हो सँधै निरन्तर बगिरहन्छ र सागरमा गएर मिसिन्छ भन्नु भयो ।
प्रधानमन्त्री प्रचण्डले तपाइँहरुले गठबन्धनका जितनारायण श्रेष्ठलाई जिताएर पठाउनुहोस् बाँकी काम आफूले गर्ने पनि बताउनुभयो ।
सोही अबसरमा नेपाली काँग्रेसका सभापति तथा पूर्व सभापति शेर बहादुर देउवाले जितनारायणलाई जिताउनु आग्रह गर्नु भयो ।
सभापति देउवाले चितवनका वासिन्दाले भनेकै व्यक्तिलाई टिकट दिएको उल्लेख गर्नुहुँदै अब जिताउने काम चितवनकै मतदाताको भएको बताउनुभयो । सभापति देउवाले जितनारायण जिताए प्रधानमन्त्री सँग कुरा गरेर मन्त्रीको जिम्मेवारी दिने पनि बताउनु भयो ।
सोही अबसरमा नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको थियो ।।