Search

सिंहदरबार भित्रको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज न्यायाधीश सुष्मा माथेमाको इजलासमा

सिंहदरबार भित्रको फोहोर नउठाउने निर्णयविरुद्धको रिटमा आज न्यायाधीश सुष्मा माथेमाको इजलासमा

बाँपीझ्याला काठमाण्डौँ । सिंहदरबार भित्रको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्धको रिटमा आज न्यायाधीश सुष्मा माथेमाको इजलासमा पेसी तोकिएको छ ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सो निर्णयले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको विपरित भएको भन्दै रिट दायर गरेका हुन् ।

श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा मंगलबार प्रारम्भिक सुनुवाइको लागि पेसी तोकिएको भएपनि ’हेर्न नभ्याइने’ हुँदै स्थगित भएको थियो ।

आज सुनुवाइ पेसी सूचीको छैटौं नम्बरमा रहेको छ । रिटमा सुनुवाइपछि निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश जारी गर्दै महानगरलाई तत्काल फोहोर उठाउन आदेश गर्न सक्दछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!