Search

बागमती प्रदेशको दोलखा जिल्ला लगायत ९ जिल्लाको कारागारमा क्षमताभन्दा बढी थुनुवा

बागमती प्रदेशको दोलखा जिल्ला लगायत ९ जिल्लाको कारागारमा क्षमताभन्दा बढी थुनुवा

४ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । दोलखा सहित बागमती प्रदेशको ९ जिल्लाको थुनुवा कक्षमा क्षमताभन्दा बढी थुनुवा राखेको पाइएको छ । बागमती प्रदेश भित्रका प्रहरी कार्यालयले दोलखा र रामेछापसहित ९ जिल्लाको प्रहरी कार्यालयमा थुनुवा कक्षको क्षमताभन्दा बढी थुनुवा राख्ने गरेको पाइएको हो ।

बागमती प्रदेशका १० जिल्ला (काठमाडौ ललितपुर र भक्तपुर बाहेक) कार्यक्षेत्र रहेको बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार हिजो सम्म रसुवा बाहेकका ९ जिल्लाको जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा गरी ३३६ जना थुनुवा राखिएको थियो । ९ जिल्लाका प्रहरी कार्यालयमा प्रहरी हिरासतमा रहेका थुनुवामध्ये सोधपुछका लागि थुनुवा कक्षमा रहेका चार महिलासहित ५० जना र म्याद थपका लागि थुनुवा कक्षमा राखिएका २१ महिलासहित २८६ जना छन् ।

सबै भन्दा बढी थुनुवा चितवनमा ९३ जना र मकवानपुरमा ८४ जना रहेका छन् । निरिक्षणका क्रममा प्रदेशभित्रका कतिपय जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा क्षमताभन्दा बढी थुनुवा राख्ने गरेको पाइएको राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौडाका कार्यालय प्रमुख यज्ञप्रसादअधिकारीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोमा म्याद थपका लागि राखिएका १०, रामेछापमा सोधपुछका लागि ल्याइएका दुई र म्याद थपका लागि राखिएका आठ गरी १० जना, दोलखामा म्याद थपका लागि राखिएका ९ तथा सिन्धुलीमा सोधपुछका लागि ल्याइएका एक र म्याद थपका लागि राखिएका २४ गरी २५ जना थुनुवा प्रहरीको थुनुवा कक्षमा रहेका थिए ।

नुवाकोटका प्रहरी कार्यालयमा रहेका थुनुवा कक्षमा सोधपुछका लागि ल्याइएका एक र म्याद थपका लागि राखिएका १७ गरी १८ जना, धादिङ जिल्लामा सोधपुछका लागि ल्याइएका १४ र म्याद थपका लागि राखिएका २१ गरी ३५ जना तथा काभ्रेमा सोधपुछका लागि ल्याइएका सात र म्याद थपका लागि राखिएका २० गरी २७ जना थुनुवा कक्षमा रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!