Search

कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै शपथ ग्रहण गर्ने

कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै शपथ ग्रहण गर्ने

३ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। उनले आइतबार परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदैछन्। आज दिउँसो ३ बजे शपथ ग्रहणको समय निर्धारण गरिएको छ।

प्रधानमन्त्री दाहालले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। उनले भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ।

आन्तरिक किचलोका कारण यसअघि चैत १७ गते मन्त्रीमण्डल विस्तार हुँदा कांग्रेसका चारजना मन्त्रीले मात्रै शपथ लिएका थिए।

कांग्रेसबाट थप चारजना मन्त्रीले वैशाख १० गते हुने उपनिर्वाचनपछि शपथ लिनेछन्। प्रधानमन्त्री दाहालले ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

उनले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्।

कांग्रेस नेता साउदबाहेक अन्य मन्त्री नियुक्तिबारे अझै अन्योल छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!