Search

दरबार हत्याकाण्डबारे ‘खण्डहर दरबार’ प्रकाशित

दरबार हत्याकाण्डबारे ‘खण्डहर दरबार’ प्रकाशित

० चैत्र, बाँपीझ्याला, काठमाण्डौं । लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रा.लि.ले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो ।

‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्’ लेखक न्यौपानले भने, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ ।’ ‘ठुलो षड्यन्त्र भयो दरबारमा । राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो ।

जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ ।’ उपन्यासले दरबार हत्यकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको उनले बताए ।

‘खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ ।’ प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले सुनाए ।

लेखक न्यौपानेको यो दशौँ कृति हो । यसअघि उनको ‘दरबारबाहिरकी महारानी’ निकै रुचाइएको किताब हो । उपन्यासको बजार मुल्य रु. ५२५ रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment