Search

विशेष सम्मान सहित नेवाः देय् दबू बागमती प्रदेशको चौथो बैठक दोलखामा सम्पन्न

विशेष सम्मान सहित नेवाः देय् दबू बागमती प्रदेशको चौथो बैठक दोलखामा सम्पन्न

बाँपीझ्याला, दोलखा । नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबूको बागमती प्रदेशको चौथो बैठक नेवाः देय् दबू दोलखा जिल्ला समितिका अध्यक्ष देवेन्द्र नारायण प्रधानको सभापतित्वमा सञ्चालन भएको थियो । सो कार्यक्रम केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको प्रमुख आतिथ्यमा सोही प्रदेशको उत्तरी हिमाली जिल्ला दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ अन्तर्गतको प्राचीन शहर अभयपुर नगरमा बिहान दोलखा शहर परिक्रमण गरेर नेवाः देय् दबूको परिचयात्मक कार्यत्रम सहित दोलखा जिल्लाको इतिहास, संस्कृति सम्पदा र सम्पदाबारे जानकारी गरिएको कार्यक्रम भव्यताका साथ सम्पन्न भयोे ।

नेवाः देय दबु दोलखा जिल्ला समिति र द्वाल्खा–काठमाडौं उपत्यका सम्पर्क मञ्चले आयोजना गरेको सो कार्यक्रममा विशेष अतिथिमा नेवाः देय् दबूका केन्द्रीय सल्लाहकार एवम् पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, त्यस्तैगरि वरिष्ठ उपाध्यक्ष उमेश स्थापित, महासचिव सत्यनारायण डंगोल, बागमती प्रदेशका अध्यक्ष बिष्णु गोपाल महर्जन, स्वनिग विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन थिए ।

त्यस्तै अतिथिको रुपमा केन्द्रीय पदाधिकारीका सदस्यहरू, बागमती प्रदेश समितिका १० जिल्लामध्ये ७ जिल्लाका पदाधिकारीहरू, साथै अतिथिको रुपमा स्थानीय वडापालिकाका अध्यक्ष स्टालिन श्रेष्ठ, वरिष्ठ कलाकार एवम् जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ, दोलखाका साँस्कृतिक अभियान्ता शान्तकृष्ण श्रेष्ठ, दोलखाका साहित्यकार एवम् कालिन्चोक युवाक्लवका पूर्व अध्यक्ष अमरकुमार प्रधान, युवा समाजसेवी एवं अधिवक्ता प्रवीण प्रधान थिए ।

त्यसैगरि अतिथिमा द्वाल्खा नेपाल खलकका अध्यक्ष नहेन्द्र प्रधान, दोलखामा पद्यमवर्ण बुद्ध महाविहार प्रतिस्थापक डा. सुनिल मास्के, समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठ, द्वाल्खा म्यासमुचा खलककी अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ, महिला विकास सचेतना केन्द्रकी अध्यक्ष मञ्जरी श्रेष्ठ, छिजी द्वाल्खा डोबरकी अध्यक्ष रिना श्रेष्ठ, दोलखा महागीता पाटी भजन खलक सञ्चला समितिका संयोजक भगवनादास श्रेष्ठ, कालिन्चोक युवा क्लवका पूर्व अध्यक्ष एवम् मच्छिन्द्रनाथ रथयात्रा पूनः सञ्चाल गर्न जागरुक युवा प्रकाश श्रेष्ठ, प्रेमपूर्ण प्रताप फाउण्डेसनकी अध्यक्ष शान्ति श्रेष्ठ थिए ।

नेवाः देय् दबू दोलखा जिल्ला समितिका सचिव राकेश श्रेष्ठको स्वागत भाषण पछि राष्ट्रियगान नेवाः देय् दबू भक्तिगान पछि प्रमुख अतिथि पवित्र बज्राचार्यबाट पानसमा दिप प्रज्वलन गरेर शुरु भएको स्वागत तथा शुभकामना कार्यक्रममा द्वाल्खा–काठमाडौं उपत्यका सम्पर्क मञ्चकी अध्यक्ष सकुना श्रेष्ठले मन्तव्यको शुरुआत गर्दै दोलखाको हरेक सामाजिक र धार्मिक कार्यक्रममा आपूm सरीक भएर सकेको सहयोग प्रदान गर्न पाउँदा अत्यन्तै प्रसन्न भएको कुरा राखेकी थिइन् ।

त्यस्तै विशेष अतिथी वरिष्ठ अधिवक्ता एवम् पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले आफ्नो भनाइ राख्नुहुँदै दोलखामा रहेका अनगिन्ति टोल, धारा र रीतिरिवाज सहितको पर्वको बारेमा जानकारी दिँदै नेवार समुदायकै कारणले देशको अस्तित्व र महत्व बढेको छ भन्ने कुरालाई राज्यपक्षले गहिरो बिचार राख्नुपर्ने कुरा राख्नुभयो । त्यसैगरि साँस्कृतिक अभियान्ता शान्तकृष्ण श्रेष्ठले दोलखाको इतिहासको उत्पत्तिबारे विश्लेषण र आधारपत्रको कुरा राख्नुभएको थियो ।

त्यसैगरि सो कार्यक्रममा त्यसै गरी द्वाल्खा नेपाल खलकका अध्यक्ष नहेन्द्र प्रधान, वडाध्यक्ष स्टालिन श्रेष्ठ, साहित्यकार अमरकुमार प्रधान, नेवा देय् दबू बागमती प्रदेशका अध्यक्ष विष्णुगोपाल महर्जन, अधिवक्ता प्रवीण प्रधानले आफ्नो भावना व्यक्त गरेका थिए ।
सो स्वागत तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि नेवा देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले आफ्नो मन्तव्यको क्रममा आपूm लगायत केन्द्र र प्रदेशबाट आएका सबै पदाधिकारीलाई दोलखा जिल्ला समितिका पदाधिकारी लगायत दोलखाका सबै संघसंस्थाका पदाधिकारी लगायत दोलखाका दिग्गज, अग्रज र सम्मानित बुद्धिजीवी वर्गले दिएको सम्मान र स्वागतार्थ आभार व्यक्त गर्दै आपूm लगायत सबै समूह अत्यन्तै प्रसन्न भएको र दोलखाको ऐतिहासिक र लोकप्रिय जात्रा मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुने मौका पाउँदा गौरवान्वित भएको बताउनुभयो ।

नेवाः देय् दबूको बागमती प्रदेशको चौथो बैठक तथा दोलखाको मेलमिलाप कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न स्थानबाट दोलखा आइपुग्दा स्थानीय जिल्ला समितिका अध्यक्ष देवेन्द्रनारायण प्रधान तथा द्वाल्खा–काठमाडौं सम्पर्क मञ्चकी अध्यक्ष सकुना श्रेष्ठ मलेकुले विशेष सम्मानका साथ स्वागत गरेका थिए । सो स्वागत कार्यक्रममा स्थानीय नगरपालिकाका वडा नं. २ का वडा कार्यपालिका प्रमुख स्टालिन श्रेष्ठ, इतिहास एवम् संस्कृतिविद शान्तकृष्ण श्रेष्ठका साथै काठमाडौंमा रहेका दोलखाली संघसंंस्थाहरू द्वाल्खा म्यासमुचा खलक, छिजी द्वाल्खा डोबर, प्रेमपूर्ण प्रताप फाउण्डेसन स्थानीय महिला विकास सचेतना केन्द्रका पदाधिकारी लगायत सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको आयोजना दोलखा जिल्ला समितिले गरिएको भएपनि कार्यक्रमलाई आकर्षक र भव्य देखाउन स्थानीय निवासीहरू केन्द्रीय उपाध्यक्ष एवम् नेवाः देय् दबू बागमती प्रदेशका इन्चार्ज शान्त श्रेष्ठ, केन्द्रीय सदस्य उपेन्द्र प्रधान, काठमाडौ जिल्ला समिति अतिरिक्त क्रियाकलाप विभागका संयोजक बालकृष्ण श्रेष्ठका साथै दोलखा–काठमाडौ सम्पर्क मञ्च तथा समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठ मलेकुको विशेष भूमिका रहेको थियो । त्यस्तै दोलखामा जन्म भै कर्मथलोका रुपमा काठमाडौं उपत्यकामा रहेका दोलखाली संघसंस्थाहरू प्रायः सबैका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।

उक्त कार्यक्रममा १३ जिल्लामा ३ जिल्ला भक्तपुर, काठमाडौं, ललितपु्र उपत्यका विशेष प्रदेशमा रहेको र १० जिल्ला बागमती प्रदेशमा रहेको मध्ये ७ जिल्लामात्र सहभागी भएको थियो । २८ गते बेलुका बैठकमा सहभागी पाहुनाहरुलाई दोलखाको नेवारी परम्परा अनुसार समैबजी भोस्को आयोजना गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment