Search

यी हुन्, ‘मिस नेपाल-२०२३’का प्रतिस्पर्धीलाई पहिरनमा सिँगार्ने आईआईएफटी डिजाइनरहरु

यी हुन्, ‘मिस नेपाल-२०२३’का प्रतिस्पर्धीलाई पहिरनमा सिँगार्ने आईआईएफटी डिजाइनरहरु

‘बाँपीझ्याला काठमाण्डौँ । मिस नेपाल–२०२३’का २४ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा १८ जना फेसन डिजाइनरले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएका छन् ।

द हिडेन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को यो २९औँ संस्करण हो । ‘स्यास सेरेमोनी’मार्फत अन्तिम फाइलनका लागि छनोट भएका २४ प्रतिस्पर्धीहरु जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अन्तिम प्रतिस्पर्धा गर्दैछन् । हाल उनीहरुलाई कोरियोग्राफर रचना गुरुङ शर्माले तालिम दिइरहेकी छन् ।

उनीहरुका लागि आईआईएफटीबाट स्नातक गरेका डिजाइनरहरु गीता मिश्र, पम्फा श्रीस, सुप्रीती ब्याञ्जनकर, सेन्हा राई, सुदिना बज्राचार्य, रेगिशा महर्जन, दिलमाया मगर, सोनल केसी, वर्षा पन्त, सुनैना शाही, शमूएल अकोन्तांश, सञ्जिता बराल, दर्पण खाती, राजन शाह, विप्लवराज नाग नाहरले पहिरन तयार गर्दैछन् । जुन पहिरन प्रतियोगिता फाइलन ओपनिङ राउण्डमा पहिरिएर ती २४ सुन्दरीहरुले आफ्नो परिचय दिनेछन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment