बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ दोलखाको जिल्ला समिति गठन भएको छ। दोलखाको सदरमुकाम चरिकोट स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको गठन समारोहले तदर्थ जिल्ला समिति गठन गरेको हो।
मङ्गलबार बसेको उक्त गठन समारोहले अनिल तामाङको अध्यक्षतामा २१ सदस्सीय समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्ण कुमार तामाङ (थोकर) र राजेस श्रेष्ठ रहेका छन् भने सचिवमा प्रदिप तामाङ ,नवराज योन्जन तामाङ , सहसचिवमा राजकुमार श्रेष्ठ ,निमागेली शेर्पा र कोषाध्यक्षमा लिलादेबी जिरेल चयन भएका छन्
सदस्यहरुमा दिपक श्रेष्ठ होमबहादुर मगर, राजेश योन्जन, विष्णु थामी, कविराज कुसुले, काजि गोले, गोमा थामी ,टासी शेर्पा, बालकुमारी तामाङ ,सुवास तामाङ,सागर जिम्बा, प्रेम जिरेल,सुनमायाँ तामाङ ,कृष्णप्रसाद बाहादुर तामाङ र सीता श्रेष्ठ रहेका छन्। कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति वर्मा लामा , महाधिवेशन प्रतिनिधि बाबुकाजी बस्नेत र उर्मिला कार्की लगायतको उपस्थिति रहेको थियो।