Search

कालिन्चोक युवा क्लवको ५३ औ साधारण सभा र यसको गरिमा

कालिन्चोक युवा क्लवको ५३ औ साधारण सभा र यसको गरिमा

लगभग हिसाब नै गर्ने हो भने कालिन्चोक युवा क्लव देशभित्रकै सामाजिक संस्थाको तुलनामा पाँचौ देखि सातौं श्रेणीमा परेको थियो । विशिष्ट दशौं श्रेणीमा पर्न सफल भएको यो संस्थाको विगतलाई कोट््याउने हो भने सामाजिक संस्था सामाजिक कार्यको आवश्यक्ता पर्दछ । यसै गरी जतिबेला दोलखाको हितको नाममा काठमाडौंमा बस्ने दोलखाका जागरुक युवाहरूले यो संस्थाको जन्म दिने पहल गरेका थिए, जसको संस्थापक अध्यक्ष दिवंगत द्वारिकामान सिं प्रधान ।

पैत्रिक थर श्रेष्ठ भएपनि द्वारिकामान सिं प्रधानले युवा जोश जाँगर र मातृभूमि प्रतिको सद्भाव र सहृदयतामा प्रधानत्व नै भएको कार्य गर्ने मनशाय भएरै होला आपूmलाई प्रधानकै थरको पगडी बाँधेर दोलखालाई संस्कृति प्रधान, परम्परा प्रधान, कला साहित्य प्रधान र मौलिकतामा विशेष प्रधान जमाउने खालको क्रियाकलाप जमाउन धेरै मेहनत गरेर यो संस्थालाई जन्म दिएको हो । कालिञ्चोक युवा क्लव दोलखाको ईतिहासले यही कुरालाई ईङ्कीत गर्छ ।

त्यतिबेला काठमाडौं आउन पैदल यात्रा गरेर धुलिखेलसम्मको यात्रा गर्न निकै कठीन भए पनि तत्कालीन नेपाल (उपत्यका प्रवेश गरेपछि भनिने तीन शहर भक्तपुर, कान्तिपुर र ललितपुरलाई नेपाल भन्ने गरिन्थ्यो ।) आउँदा पैदल नै भएपनि निकै उत्साहित भएर आउँथे ।

त्यस्तो कठीन परिस्थितिमा पनि यो क्लवको स्थापना गरेर दोलखाको हितको लागि मरिमेट्ने युवाहरू थिए दिवंगत द्वारिकामान सिं प्रधान अध्यक्ष (२ पटक २०२६ र २०४३) भएर स्थापना गरिएको यो कालिन्चोक युवा क्लवमा त्यतिबेलाको स्ांस्थापन पक्षको तर्पmबाट उपाध्यक्षमा भल्ला मास्के, महासचिवमा बलराम राजभण्डारी, सहसचिवमा शान्तकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नारायणभक्त जोशी, सदस्यहरूमा जगन्नाथ राजभण्डारी, कृष्णदास श्रेष्ठ, बद्रीमान सिंह, भवानी सिंह र अनन्ता प्रधान भएर यो कालिन्चोक युवा क्लवको स्थापना भएको हो ।

त्यसपछि क्रमशः माधवमणि राजभण्डारी ३ पटक (२०२७/२८/३१), बैकुण्ठनारायण प्रधान २ पटक (२०३०/३४), जगन्नाथ राजभण्डारी १ पटक (२०३३), शान्तकृष्ण श्रेष्ठ १ पटक (२०३६), भल्लामास्के १ पटक (२०३९), प्रा.डा. श्याम जोशी १ पटक (२०४१), अमरकुमार प्रधान १ पटक (२०४५), पुर्षार्थ श्रेष्ठ १ पटक (२०४८), नहेन्द्र प्रधान १ पटक (२०५१), रविन्द्र श्रेष्ठ १ पटक (२०५४), प्रकाश श्रेष्ठ ३ पटक (२०५५/५९/६५), गोपाल प्रधान २ पटक (२०६५/६८) र निरेन्द्र मास्के २०७१ सालदेखि २०७९ चैत्र १८ गतेसम्म अध्यक्ष बनेर यो कालिन्चोक युवा क्लव निरन्तर चलिरहेको थियो ।

निरेन्द्रमास्केको पालामा भने काम गर्ने उत्साह हुँदाहुँदै पनि प्राकृतिक प्रकोप, जैविक आक्रमण र राजनैतिक वितण्डताको कारणले नाकाबन्दी राज्य सत्ताको अस्थिरताको कारणले अलमलिएर अधिवेशन नै स्थगन हुन पुगेको हो । यसलाई विभिन्न व्यक्तिहरूले विभिन्न खालका टिका टिप्पणी गरेको देखियो । यसमा टिका टिप्पणी गर्नमा पूर्व कार्यसमितिका सदस्यहरू पनि पछि हटेनन् । तर मानवीय स्वभाव र सोचलाई एकत्रित बनाएर हेर्दा त्यही ठाउँमा आपूm स्वयम् बसेर आंकलन गर्दा कस्तो महशुस हुन्छ त ? त्यो सबैले मनन गर्न जरुरी छ जस्तो लाग्छ ।

विगतका पानाहरू पल्टाउँदा क–कसको पालामा के के भएको थियो भन्ने कुरा त यसैवर्षको अंक २० आँखाको स्वर्णिम अंकमा सबैले आआफ्नै ढंगले प्रस्तुत गरेका छन् । त्यतातिर नजाऔँ, अब गत चैत्र १८ गते बल्लतल्ल ५३ औँ वार्षिक साधारण सभा र २० औँ अधिवेशन गर्न तैयारी गरे । साधारण सभा पनि उल्लासमय वातावरणमा सम्पन्न भयो । कसैले सम्मान पाए, कसैले पुरस्कार पाए, कसैले धन्यवाद स्वरुप प्रशंसापत्र पाए यो भयो पर्दा बाहिर देखिएका कुरा हुन् । जुन सबैलाई थाहा स्पष्ट भएको छ । भलै आर्थिक हिसाबकिताबमा कसैकसैलाई चित्त चित्त बुझेको होला, कसैलाई नबुझेको होला त्यो आफ्नै ठाउँमा छ ।

अदृश्य पर्दाभित्र
अब पर्दा भित्र नियाल्न खोज्दा के देखियो भने धेरै कमी कमजोरी देखियो । असन्तुष्टी भेटियो । असक्षम बुझियो । बिना अभ्यास (रिहर्सल) को नाटक मञ्चन भएको जस्तो देखियो । तर त्यो नाटकको शिर्षक नै के राख्दा उत्तम होला भनेर निक्र्योल गर्न सकिएन । सिधा अर्थमा भन्नुपर्दा सबैले जानेको र बुझेको शिर्षक नै ‘अनिर्णित गन्तव्य’ जस्तै होला कि भन्ने आभास थियो ।

कथाको सार त संस्थामा प्रवेश गरेर सामाजिक सेवा गर्ने नै थियो । तर एकल सेवा गर्ने कि समन्वयात्मक सेवा गर्ने त्यसको टुङ्गोको भेउ पाउन मुश्किल परिरहेको थियो दर्शकदीर्घामा । त्यतिबेला दर्शक पनि चार दोबाटोमा अलमलिए भैmँ लाग्थ्यो । त्यसबेलाको माहौल र वातावरणले नायक, खलनायक र मध्यस्थकर्ता को हुन् भनेर ठम्याउन मुश्किल परिरहेको थियो । दर्शकहरू ताली बजाउँ कि गाली बर्साउँ भनेर झनै अन्योलमा थियो कालिन्चोक युवा क्लवको २० औँ कार्यसमिति छनोटको सन्दर्भमा ।

आपूmलाई योग्य र सक्षम ठानेर आएका उम्मेदवारहरू नै दोधारमा उभिएको देखिएको थियो नतिजाले ताली पाउने कि गाली पाउने भनेर । त्यसमाथि निर्वाचन मण्डलले निर्वाचनको प्रक्रियागत सूचनाको लागि हदबन्दीको प्रसङ्ग उठाउने बित्तिकै हलमा कानूनी पक्ष र व्यवहारी पक्षमा समाधानभन्दा पनी समूहगत बिभाजनमा परिणत भयो । यो किन भएको त भन्ने बारेमा पछाडी फर्किन्दा जहिले पनी जहाँ पनी भईहाल्छ नियम कानुन केही चाहीन्दैन हामी मिले पछी के हुन्छ र भन्ने मान्यता यस पटक फेल भएको कारणले गर्दा फेरी यो समस्या आएको हो । यसमा दोष कसैलाई व्यक्तीगत रुपमा नदिदा हुन्छ ।

यसै गरी गुट जमाउन, उठ भनाउनु अनि थाङ्नामा सुताउनु जस्तो कार्यले न त उमेदवारलाई लाभ भयो, न त मत दिएर आफ्नालाई जिताउन कोसौँ दुरी पारगरेर आउनेको इच्छा पुरा भयो, अनि अन्तमा आएर ‘हात्ती आयो आयो पूmस्सा’ भयो । सामाजिक मर्यादा विधानको अधिकारको हनन भएको देखियो एकातिर भने अर्कोतिर विधानको व्याख्या गर्ने विद्वानहरूले नै मुखमा बुजो लाएर नबोलीकन बाटो लाग्न थालेपछि त्यहाँको अवस्था कस्तो भयो होला आपैंm अनुमान लगाउँदा हुन्छ । तर युवा जोश छ भनेर हल्ला गरेर टेबिल ठट्टाएर रोस्टम घेरेर मर्यादा तोड्नु यो अनुशासनको मर्यादा भन्दा बाहिर गएकोले यो लज्जास्पदक दृश्य नै थियो । जुन हामी र हाम्रो दोलखाको सन्दर्भमा हुनु नपर्ने थियो ।

समस्या समाधानको बाटो जिज्ञासा, गुनासाले खोलिदन्छि यो एउटा पाटो हो भने समाधानको बाटो पनि त हुन्छ । त्यसलाई एक आपसमा समझदारीपूर्ण समन्वय गरेर पनि त अगाडि बढ्न सकिन्थ्यो । यता अधिवेशन हुँदैछ भनेपछि यो प्रसङ्ग आउला है भनेर व्यवस्थापन पक्षले ४८ घण्टा अगावै विधानको बारेमा जानकारी गराउन सकेको भए राम्रो हुने थियो । कानुनतः विधान अनुसार गर्ने नै भएपनि उमेर सुहाउँदो उम्मेदवारको तैयारी गर्नसकिन्थ्यो होला । निर्वाचन कमिटी र पूर्व अध्यक्ष एवम् दिग्गज सल्लाहकारहरू बसेर एउटा ठोस निर्णय लिएर तैयारिमा बस्नुपथ्र्यो त्यो पनि देखिएन । तर यहाँ त एक एक गरेर सल्लाहकारहरु त्यहाबाट चलाएमान भईसकेका थिए । अनी मार्गनिर्देशन कस्ले गर्ने ? सल्लाहकारहरुको जिम्मेवारी र दायित्व के हो भन्ने प्रश्न खडा भएको महशुष गरिएको छ ।

हो संस्थालाई द्रुत गतिमा अगाडि बढाउन अनुभवको जरुरी छ, तर अहिलेको अवस्थामा बिना अनुभव र ज्ञान नै नभैकन त कसैले पाइला हाल्दैनन् होला । अर्को कुरा यतिका वर्षसम्म विभिन्न बहानामा अल्झिएको अधिवेशनलाई सौहार्दपूर्ण गर्न केही कसरत गर्नैपथ्र्यो त्यो पनि देखिएन । उमेदवार हुने व्यक्तिहरूले पनि एक आपसमा सहमति गरेर यो विशुद्ध सामाजिक संस्थालाई सामाजिक रुपमै हेरेर अगाडि बढेको भए अझ वेश हुने थियो कि ? त्यो पनी उम्मेदारहरु बिच देखिएन ।

जे हुनु भै हाल्यो अब ६ महिनाको पुनर्बहाली जिम्मेवारी पाएका विघटित कार्यसमितिले ६ नै महिनाको दिन गनेर बसेर होइन कि सकेसम्म ४५ देखि ६० दिनभित्र सम्पूर्ण कार्य विधि विधान मिलाएर नयाँ कार्यसमितिको लागि सुलभ मार्ग खुलाओस् । हाम्रो यही शुभेच्छा छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!