…..यो मौसममा छालासँगै केश पनि सुख्खा र रुखो हुन्छ…..
यो मौसममा छालासँगै केश पनि सुख्खा र रुखो हुन्छ । यसले केश टुक्रने, हाँगा फाट्ने र झर्ने समस्या बढ्छ । केश ड्यामेज हुनु भनेको यसमा धेरै रसायनयुक्त प्रसाधन र सही तरिकाले हेरचाह नगर्नु नै हो । यसैगरी कडा घाम, बदलि“दो मौसम, तनाव र प्रदूषणले पनि केशमा विभिन्न समस्या देखिन्छ ।
बजारमा पाइने सामग्रीमा रसायन मिसाइएको हुन्छ । यस्ता प्रसाधनले केशलाई नकारात्मक असर गरिरहेको हुन्छ । कतिपय सौन्दर्य प्रसाधनको प्रयोग नगरी हुँदैन तर त्यसबाट हुने असरलाई भने कम गर्न सकिन्छ । केशको सही स्याहारसुसारका लागि हेयर मास्क सबैभन्दा उत्तम विकल्प हो ।
नरिवल तेल र मह
नरिवल तेलले केशको जरा बलियो बनाउँछ । केशलाई नरम र चम्किलो पनि बनाउँछ । महले केशलाई ‘मोइस्चर’ प्रदान गर्छ । यी दुवै मिलाएर बनाइएको ‘मास्क’ ले सुख्खा र रुखो केशलाई फाइदा पु¥याउँछ । त्यसका लागि एक चम्चा मह र एक चम्चा नरिवल तेल मिसाएर ग्यासमा हल्का तताउने । त्यसपछि सबै केशमा पुग्नेगरी राम्रोस“ग लगाउने र २० मिनेटसम्म सावर क्यापले ढाक्ने । त्यसपछि सादा पानीले पखालिदिनुपर्छ ।
केरा र मह
सुख्खा र ‘ड्यामेज’ भएको केशका लागि केराको सेवन गर्नु राम्रो हो । यसमा ‘मोस्चराइजिङ’ गुण हुन्छ । यसले केशलाई पर्याप्त हाइड्रेसन प्रदान गर्छ । केरामा पोटासियम, भिटामिन बी–६, भिटामिन–सी, म्याग्नेसियम, प्रोटिनको मात्रा भरपूर हुन्छ । दुईवटा केरामा दुई चम्चा मह मिसाएर मज्जाले फिट्ने । त्यसपछि केश हल्का भिजाएर यो मिश्रण पूरै केशमा लगाउने र सावर क्यापले छोपिदिने । आधा घण्टापछि सफा पानीले पखाल्दा केश नरम हुन्छ ।