Search

पछिल्लो महिना बजारमा पैसाको सर्कुलर बढ्यो : राष्ट्र बैंक

पछिल्लो महिना बजारमा पैसाको सर्कुलर बढ्यो : राष्ट्र बैंक

१६ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो महिना करेन्सी इन सर्कुलेशनमार्फत बजारमा पैसा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बजारमा पैसाको सर्कुलेशन कूल ६ खर्ब १५ अर्ब ३९ करोड २६ लाख ९३ हजार ६५७ रुपैयाँ पुगेको हो ।

आर्थिक वर्ष २०७८÷ ०७९ को असार मसान्तसम्म यस्तो करेन्सी सर्कुलेश ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा ३ अर्ब ३६ करोड ५० लाख ८९ हजार ६८७ रुपैयाँ सर्कुलेशन बढेको हो । यसको मतलब बजारमा नगद प्रवाह बढेको छ ।

यद्यपि, यस्तो पैसा बैंक तथा वित्तीय संस्थामा आउजाउ भइरहेको हुन्छ । बजारमा चलन चल्तीमा रहेको पैसा नै तथ्याङ्कमा देखिएको हो । तरलता अभावका बीच यस्तो नगद प्रवाह अझ विस्तार गर्नुपर्ने व्यवसायी र अर्थविद्हरूले बताइरहेका छन् ।

विशेष चाडपर्व तथा लगानीको मौसमका बेला बजारमा पैसाको सर्कुलेशन बढ्ने र अरू बेला बैंकमा पैसा फर्किने राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको कात्तिक ६ गते अधिकतम ७ खर्ब २८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा गएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!