Search

सरकार र मिटरब्याज पीडित किसानबीच बार्ता सम्पन्न, फेरी अर्को वार्तामा बस्ने

सरकार र मिटरब्याज पीडित किसानबीच बार्ता सम्पन्न, फेरी अर्को वार्तामा बस्ने

१६ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए ।

मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छत ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए ।

‘वार्ता ठीकै रह्यो, हामी सरकारसँग आशावादी छौं, जफल भएको जमिन फिर्ता गरिनुपर्छ, मुद्दा लागेका पीडितको मुद्दा खारेज हुनुपर्छ, सबै समस्या समाधान गर्ने आयोग गठन गर्नुपर्छ’ संघर्ष समिति संयोजक पासवानको भनाई रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!