१६ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । बागमती प्रदेश सरकारको प्रबक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ चयन भएका छन् ।
मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई प्रबक्ताको जिम्मेवारी तोकेको हो । सिन्धुलीबाट प्रत्यक्षतर्फ निर्वाचित श्रेष्ठलाई गत माघ ११ गते प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कानुनमन्त्री नियुक्त गर्नुभएको थियो ।
श्रेष्ठ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता श्रेष्ठ सिन्धुलीबाट माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचन लडेका थिए ।