Search

सन्दर्भ : कालिन्चोक युवा क्लव दोलखाको अधिवेशन

सन्दर्भ : कालिन्चोक युवा क्लव दोलखाको अधिवेशन

कालिन्चोक युवा क्लवको इतिहास प्राचिन शहर दोलखा भीमेश्वर नगरपालिकाको वडा नं. २ मा मात्र सिमित नरहेर दोलखा जिल्ला हुँदै त्यसबेलाको अञ्चल, विकास क्षेत्र र नेपाल अधिराज्य भर नै सामाजिक संस्थाको रुपमा लोकप्रिय भएर एसिया महादेशबाट पनि अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेर आफ्नो महिमालाइ ताजगी बनाउन सक्षम भएको दोलखाको सबैभन्दा पुरानो र सक्रिय सामाजिक संस्था हो ।

विक्रम सम्वत् २०७१ सालसम्म निरन्तर साधारण सभा र अधिवेशन भैरहेकोमा २०७२ सालको भूकम्पले दोलखाका अधिकांश पुराना घरहरू मठ मािदरहरू र साँस्कृतिक सम्पदाहरुलाई तहसनहस बनाउदा यो संस्थामा आवद्ध रहेका कायर्समितिका पदाधिकारीहरूले भूकम्प पिडित जनसाधारणलाई राहत दिन सकेसम्म बल गरेकै हो । आर्थिक रुपमा त्यति सहयोग गर्न नसके पनि भौतिक रुपमा र केही राहतको सामग्री वितरण गरेर भएपनि क्लवको प्रतिष्ठालाइ जोगाउने काम सफल भएको थियो ।

यस समयमा सबैमा परेको प्राकृतिक प्रकोपको मारमा परेको बेला साधारण सभा या अधिवेशन गर्ने वातावरण मिलाउन नसकेको भनेर क्लवका पदािधकारीलाइ दोष दिनुपनि अस्वभाविक नै होला । यदि अधिवेशन गरेर आफू पदबाट बाहिर निस्किहाले भनेपनि सामाजिक रुपमा आलोचना खेप्नै पर्ने थियो त्यो के भने त्यस्तो अवस्थामा काम गर्न गाह्रो मानेर पदभारबाट पन्छियो भन्नेहरू अवश्य निस्कन्थ्यो ।

अब भूकम्पले कालिञ्चोक युवा क्लवका पदाधिकारी बाहेकका घर र बस्ती मात्र विनाश गरेको त पक्कै होइन होला, उनीहरूको पनि घर भत्केर विचल्ली भएकै हो । गाँस र बासको समस्या उनीहरूलाइ मात्र परेको त सबैलाइ ज्ञात भएकै हो, त्यो भूकम्पले न अध्यक्षलाइ छुट्याएको थियो न महासिचवलाइ न त कोषाध्यक्ष लगायत अन्य पदािधकारीलाइ । यसैले यो अवस्थामा तत्कालीन अवस्थामा क्लवको अधिवेशन गरेन, सक्रिय भएन भनेर दोषारोपण गर्नु त्यत्ति जायज नहुन पनी सक्छ यो हामी सवैले भोगेको समस्या नै हो ।

यसै गरी भूकम्प पश्चात सबैजना सरकारी राहत र सामाजिक सद्भावको हिसाबले आ–आफ्नो घर बनाउन तिर लागे । त्यतिबेला भनेको जस्तो श्रमिक नपाउनुको पीडा त छँदै थियो बैङ्कबाट पनि भनेकै समयमा रकमको निकासा नदिँदा समस्या समाधानको लागि भौँतारिएर हिँड्नु पनि अस्वभाविक थिएन । यस्तो अवस्थामा जो कोहीले आफ्नो नीजि व्यवहार छोडेर संस्थाको बैठक, साधारणसभा अधिवेशन भनेर कुद्न पनि त सहज थिएन । भलै त्यो ठाउँमा जो कोही पदाधिकारी किन नहोस् कसैले पनि त्यो कार्य गर्न समय दिन कठिन नै थियो ।

यस बीचमा २०७५ सालमा स्वर्णजयन्ती मनाउने र अधिवेशन पनि गरुने सोचले काठमाडौंमा आ–आफ्नो पेशा व्यवसायमा संलग्न दोलखावासी सबैलाई बोलाएर बैठक बसेर छलफल गर्दा सो समयमा २०७० सालमा भएको अकल्पनीय गाडी दुर्घटना भएर दोलखाका आफ्ना आफन्तहरूको कोही निधन भएर कोही सख्त घाइते भएको बेलामा विविध सहयोगको रुपमा यस क्लवले आर्थिक खर्च गरेको थियो तर त्यो खर्चको हिसाब त्यतिबेलासम्म फछ्र्योट नभएको कारणले अधिवेशनमा रोकावट देखियो र स्वर्णजयन्ती मात्र मनाउन सबैको सल्लाह भएको कुरा यथार्थ सत्य हो ।

यसपछि २०७६ को दोश्रो हप्तामा अधिवेशन गरेरै छाड्ने भन्ने निर्णय भैसकेको अवस्थामा सोही वर्षको चैत ११ गतेबाट कोरोना–१९ को कारणले पूर्णरुपमा लकडाउन भएपछि यसक्लव मौन रहन बाध्य भएको हो । अब यो अवस्थामा कालिन्चोक युवा क्लवको अधिवेशन ढिलाइ हुनुमा विधान सम्मत भएन, पद छोड्न चाहेन भनेर बाटो बाटोमा पाटो पाटोमा फलाकेर हिँड्नुभन्दा यथार्थ कुरालाई मनन गर्नु युक्तिसंगत होला कि ?

देशकै संविधानको भावनालाई कुल्चेर पदमा डेग नचलिकन बस्ने वरिष्ठ नेताहरू हाम्रो देशमा नभएको होइन । शक्ति र श्रोतवालाहरूले आठौँ वर्षसम्म एउटै पदमा रहँदा मान्य हुने तर अवस्था प्रतिकूल भएर परिस्थितिले त्यस्तो अवस्थामा पू¥याउँदा बाध्य भएर पदमा अल्झिएको अवस्थामा जो कोहीलाई असहज त हुन्छ नै । त्यसलाई नै असक्षमको व्याख्या गर्न चाहिँ अलिक शोभनीय नहोला कि ?

कालिन्चोक युवा क्लव दोलखाको विगतलाई हेर्दा द्वाकिामान सिंह प्रधान, माधवमणि राजभण्डारी, जगन्नाथ राजभण्डारी, बैकुण्ठ नारायण प्रधान, डा.श्याम जोशी, भल्ला मास्के, शान्तकृष्ण श्रेष्ठ, अमरकुमार प्रधान, पुर्षार्थ श्रेष्ठ, प्रकाश श्रेष्ठ र गोपाल प्रधान सम्मको स्तर हेर्दा र अहिलेको निरेन्द्र मास्केको स्तरमा विविध दृष्टिकोणले फरक देखिन्छ । पहिलेकाहरू सबैकुराले सम्पन्न र पूर्णरुपले समय दिन सक्ने अवस्थामा थिए । तर अहिलेको पदाधिकारीमा युवा जोश र जाँगर भएरपनि आवश्यक्तालाई समयानुकूल खर्चिन नसकेपनि तिनै अग्रजहरूकै सल्लाह र निर्देशन अनुसार काम गरेको सर्वविदितै छ ।

यसै गरी अब हुन लागेको अधिवेशनले पाठ मात्र सिक्ने होइन कि उच्च शिक्षा नै हासिल गरेर यो समाजिक संस्थाको विगतमा रहेको प्रतिष्ठालाई पुनर्ताजगी बनाउन सबैको साथ चाहिन्छ । अधिवेशनमा नयाँ कार्यसमितिको चयन त हुने नै छ । कार्यसमितिमा बस्न चाहेर मात्र होइन कि पदको दायित्व र मर्यादालाई पनि ख्याल गरेर अन्य संघसंस्थालाई समेत समन्वय गरेर अगाडी बढ्न संयोजन गर्ने र सकेसम्म एक ठाउँ एक नाउँको दह्रिलो र गर्विलो दोलखाको संस्था बनाउन पहल गर्नसके दोलखाको इतिहास झनै विस्तार हुनेछ भन्ने दोलखावासीले आशा लिएको छ ।

कसले केही भन्लान् कि भन्नेतिर ध्यान दिएर अलमलिनुभन्दा आपूmले के भन्दा र के गर्दा क्लवको साथसाथै दोलखाको गरिमा उच्च रहनेछ भन्नेतिर ध्यान दिऔँ । अब हुनलागेको क्लवको अधिवेशनमा कालिन्चोक युवा क्लवले प्रकाशित गर्दै आएको ‘आँखा’ पत्रिका स्वर्ण अंकको रुपमा आउँदैछ ।

यो पत्रिकाले सकेसम्म स्मारिका, वार्षिक अंकलाई परिमार्जन गरेर त्रैमासिक रुपमा प्रकाशन गरेर दोलखाको साहित्य, कला, संस्कृति, परम्परालाई विश्वमाझ पुर्याउन सके अभल उत्तम हुनेथियो भन्ने अभिलाषाका साथ यस क्लवको यो अधिवेशन सफलता पूर्वक सम्पन्न होस् हाम्रो यही शुभकामना छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!