१५ चैत्र, बाँपिझ्याला, काठमाडौं । नेवाः देय् दबूको केन्द्रीय समितिका अध्यक्ष पवित्र बज्राचार्यको अध्यक्षतामा आज एक विशेष समारोहका बीच पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो अवसरमा विशेष अतिथिमा सल्लाहकारद्वय नेवारहरूको हितमा सदा सर्वदा लागिरहनुहुने जेष्ठ नागरिक एवम् समाजसेवी डाक्टर महेशमान श्रेष्ठ, डा. पुष्पराज कर्णिकार, बागमती प्रदेश सभा सदस्य शैलेन्द्र बज्राचाय हुनुहुन्थ्यो ।
यसै गरी आयोजक संस्थाको तर्फबाट केन्द्रीय महिला उपाध्यक्ष रश्मिला प्रजापति, महासचिव सत्यनारायण डंगोल, केन्द्रिय सदस्यहरुमा माईला डंगोल, सविता महर्जन र उपेन्द्र प्रधानको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सचिव मचाराजा महर्जनले संचालन गर्नु भएको थियो ।
सो पत्रकार सम्मेलनमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय कार्यसमितिका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ तथा कार्यसमितिका पदाधिकारी लगायत अन्य पत्रकारहरूको उपस्थिति रहेको थियो । केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले नेवाः देय् दबूको केन्द्रीय कार्यालय भवन ‘नेवाः छेँ’ निर्माणको लागि आवश्यक कार्यनीति अपनाउन र आर्थिक व्यवस्थापन गर्न अत्यन्तै आवश्यक रहेको जानकारी गराउँदै आजको पत्रकार सम्मेलनमा यस संस्थाले तैयार पारेको प्रेस वक्तव्य पढेर सुनाउनुभएको थियो ।
नेवारहरूको राष्ट्रिय संगठनमा आबद्ध रहेको नेवाः देय् दबूको केन्द्रीय कार्यालय भवन (नेवाः छेँ) निर्माण गर्ने सिलसिलामा जग्गा उपलब्ध गर्नको लागि कार्य योजना भैसकेको अवस्थामा आर्थिक व्यवस्थामा केही कमि कमजोरी रहेतापनी यथाशीघ्र परिपूर्ति गर्न विभिन्न व्यक्ति, समुदाय र संस्थाहरूबाट सहयोगको अपेक्षा गर्दै आज काठमाडौंको खुसिबुँ स्थित नेवाः बैङ्क्युटको सभाकक्षमा विभिन्न पत्रकारहरूलाई आमन्त्रण गरेर जानकारी गराएको छ ।
सो भवन निर्माण र जग्गा उपलब्धको लागि काठमाडौ्र महानगरपालिकाले पनि आवश्यक सहयोग गरिने कुराको पनि उहाँले जानकारी गराउनुभएको छ ।
नेवाः देय् दबू :
नेपालका आदिवासीहरू मध्ये नेवाःहरू एक समृद्ध संस्कृति भएका आदिवासी जनजाति समुदाय हो । नेवाःहरूको आफ्नै विशिष्ट भाषा, साहित्य, कला र संस्कृति छ । नेपालमण्डल नेवाःहरूको आदिभूमी हो । नेवाःहरू नेपालका सबै जिल्लाहरू तथा भारतका विभिन्न स्थानहरूमा धेरै पहिलेदेखि बसोबास गर्दै आइरहेको छ । नेवाःहरू जहाँसुकै बसोबास गरेतापनि संगठित भएर बस्ने, बिशिष्ट साँस्कृतिक परम्परा र सम्पदाको पहिचान स्थापित गर्ने तथा आफूहरू बसोबास गरेको समाजको उत्थानमा प्रमुख भूमिका निभाउँदै आइरहेको समुदाय हो ।
नेवाः देय् दबू नेवाःहरूको एकमात्र राष्ट्रिय संगठन हो । नेवाःहरूलाई स्थानीय तहदेखि संगठित गर्ने, नेवाःभित्रको सबै जातीय खलः पुचः संघ–संस्थाका साथै नेपालभाषा, नेवाः संस्कृति र सम्पदा संरक्षणका लागि क्रियाशील खलः पुचः संघ–संस्थाहरूलाई संगठित गरी ऐक्यवद्ध नेवाः समाजको स्थापना गर्ने मूल उद्देश्य लिइ नेवाः देय् दबू निरन्तर अधि बढिरहेको छ ।
देशभरका नेवाःहरूलाई संगठित गर्न एक राष्ट्रिय स्तरको संगठनको आवश्यकता महशुस गरी नेपाल संवत् १११५ ञलाथ्व सप्तमी र अष्टमी (वि.सं.२०५२ भाद्र १६ र १७) मा काठमाडौंको सिद्धार्थ वनस्थली इन्स्टिच्यूटमा नेपालभाषा मंकाः खलः येँको आयोजनामा भएको नेपालका विविध क्षेत्रका साहित्यिक, भाषिक र साँस्कृतिक आन्दोलनका नेतृत्वदायी जातीय संघसंस्थाका प्रतिनिधि र व्यक्तित्वहरूको राष्ट्रिय भेलाले नेवाः देय् दबूको स्थापना भएको हो ।
नेवाःहरूको विशिष्ट कला, संस्कृति, भाषा, साहित्य, परम्परा र जात्रापर्व, चाडपर्वहरूको संरक्षण र प्रवद्र्धन गर्नुका साथै नेवाःहरूलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा सवल बनाउने तथा सचेत गराउने र राज्यसत्तामा आफ्नो पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित गराउने लक्ष्य प्राप्तिको लागि क्रियाशील छ ।
नेवाः देय् दबूको सातै प्रदेशमा प्रदेश समिति, स्वनगिः (काठमाडौं उपत्यका)मा प्रदेश स्तरको स्वनिगः विशेष समिति, ६४ जिल्लामा जिल्ला समिति, अधिकांश पालिकाहरूमा पालिका समिति र सोअन्तर्गत वडा समितिहरू गठन भइ क्रियाशील छ । त्यसैगरी जातीय खलः पुचःदेखि विभिन्न खलः पुचः, संघ–संस्थाहरूले समेत यस संस्थाको संस्थागत सदस्यता लिइ संगठित भएका छन् । नेपालबाहिरका पनि विभिन्न नेवाः संघ–संस्थाहरूले सम्बन्धन प्राप्त गरी नेवाः देय् दबूमा आबद्ध छन् ।
नेवाः छेँ बनाउने जग्गा र लागत :
नेवाः देय् दबूले नेवाः छेँ बनाउनको लागि संस्थाको ने.सं. ११४२ मा धरानमा सम्पन्न सातौं महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय समितिको बैठकबाटै अध्यक्षको संयोजकत्वमा एक जग्गा प्राप्ति तथा भवन निर्माण समिति गठन गर्ने कार्य भएको हो । सो पश्चात समितिकै सक्रियतामा काठमाडौं महानगरपालिका चःमती जग्गा एकीकरण आयोजनाअन्तर्गत चःमती आवास क्षेत्रको ल् ब्लकको सर्भिस प्लट नं SbN1’b’ क्षेत्रफल १३० ब.मी. लगभग चार आना जग्गा चःमती जग्गा एकीकरणले आयोजनाको बैंक खातामा एकमुष्ठ रू.१,७६,५४,१०८।०० जम्मा गरी जग्गाको स्वामित्व हस्तान्तरण गरी लिन नेवाः देय् दबूमा मिति २०७९ मंसीर २७ गते च.नं. १४६ को पत्राचार गरी सकेको छ । त्यसको लागि नेवाः देय् दबूको कोषमा रहेको रकम पर्याप्त छैन । संस्थाको कोषबाट हालको लागि आयोजनाको बैंक खातामा रू.१८,००,०००।– जम्मा गरिसकेको छ । उक्त जग्गामा भवन निर्माण गर्न काठमाडौं महानगरपालिकाका साथै नेवाः छेँ निर्माण अभियानमा सहयोग गर्न ईच्छुक दाताहरूबाट समेत सहयोग संकलन गर्ने योजना बनाएका हौं ।
नेवाः छेँ भवनको उपयोगिता :
नेवाः छेँ भवन केवल संस्थाको कार्यालय भवनको रुपमा मात्रै नभई नेवाः, भाषा, संस्कृति, साहित्य, लिपि, संस्कार आदि विषयमा अध्ययन अनुसन्धान लगायत स्वास्थ्य, शिक्षा, कानूनी परापर्श आदि सेवा तथा सुचना केन्द्रको रुपमा प्रयोग गर्ने, नेवाः गहना, भेषभुषा लगायत दैनिक जनजीवनमा प्रयोग हुने सरसामानहरुको प्रदर्शनी कक्षका साथै गोष्ठि, सभासमारोह, सेमिनार आदि संचालन गर्ने, नियमित रुपमा नेपालभाषा, परम्परागत, बाजागाजा, नृत्य, लिपि प्रशिक्षण संचालन गर्ने प्रयोजनमा समेत बहुउपयोगी भवनको रुपमा प्रयोग गर्ने लक्ष्य रहेको छ ।
भलसा (ट्रष्टि) दुजः
नेवाः छेँ निर्माणका लागि एकमुष्ठ एक लाख रूपैया वा सोभन्दा बढी सहयोग गर्नुहुने नेवाः समुदायका दाताहरूलाई नेवाः देय् दबूको विधानमा व्यवस्था भएबमोजिम भलसा दुजः (ट्रष्टि) बाट सम्माननीत गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
दाताहरूको नामावली शिलापत्रमा उल्लेख गर्ने सम्बन्धमा :
२५,०००।– भन्दा कम
(क) स्मारिकामा नाम उल्लेख गर्ने ।
२५,०००।– र सोभन्दा माथी
(क) स्मारिकामा नाम उल्लेख गर्ने र
(ख) नेवाः देय् दबूको बार्षिक कार्यक्रममा ताम्रपत्र सहित सम्मान गर्ने ।
१,००,०००।– र सोभन्दा माथी
(क) स्मारिकामा नाम उल्लेख गर्ने,
ख) नेवाः देय् दबूको बार्षिक कार्यक्रममा ताम्रपत्र सहित सम्मान गर्ने,
ग) नेवाः छेँको शिलालेखमा नाम उल्लेख गर्ने र
घ) नेवाः देय् दबू महाधिवेशनमा भलसा दुजः सदस्यता प्रदान गर्ने ।
१०,००,०००।– र सोभन्दा माथी
(क) स्मारिकामा नाम उल्लेख गर्ने,
ख) नेवाः देय् दबूको बार्षिक कार्यक्रममा ताम्रपत्र सहित सम्मान गर्ने
ग) नेवाः छेँको शिलालेखमा नाम उल्लेख गर्ने,
घ) नेवाः देय् दबू महाधिवेशनमा भलसा दुजः प्रदान गर्ने र
ङ) नेवाः छेँको बैठक हलमा तस्वीर सजाउने ।
सहयोग दाखिलाको लागि बैंक खाता:
खाता नाम Newa Dey Daboo
बैंकको नाम तथा शाखा Nabil Bank Limited, NewRoad Branch
खाता नं. 0201017504482
SwiftCode – NARBNPKA