बाँपीझ्याला, दोलखा । नेवाः देय् दवुको बागमती प्रदेश भेला तथा साधारण सभा प्राचिन शहर दोलखामा हुने भएको छ । नेवाः हरुको छाता संगठनको रुपमा स्थापित नेवाः देय् दवुको बागमती प्रदेश भेला तथा साधारण सभाले महत्वपूर्ण निर्णयहरु पास गर्ने भएको थाहा भएको छ । यसरी बागमती प्रदेश भित्रका १३ जिल्ला वटा जिल्लाबाट करिव ७० जना प्रतिनिधी र पर्यवेक्षक सहभागी हुने नेवाः देय् दवु दोलखा जिल्ला अध्यक्ष देवेन्द्र नारायण प्रधानले बताउनु भयो ।
उक्त भेलामा नेवाः देय् दवुका केन्द्रिय अध्यक्ष पवित्र बज्रचार्य, प्रदेश अध्यक्ष बिष्णुगोपाल श्रेष्ठ, लगायत केन्द्रिय सल्लाहकार, संरक्षक, केन्द्रिय सदस्य, जिल्ला अध्यक्षहरु सहीत ठुलो सख्यामा सहभागीता हुने हुदा भेलाको लागि सम्पूर्ण दोलखावासीहरुको सहयोग र सद्भावको आवश्यकता रहेको छ भनी नेवाः देय् दवु बागमती प्रदेश प्रतिनिधी केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठले बताउनु भयो ।
प्राचिन शहर दोलखामा मनाईने मच्छिन्द्रनाथको रथजात्राको पर्वको अवसरमा पारेर उक्त भेलाको आयोजना गर्नुमा अर्को महत्वपूर्ण कुरा १३ जिल्लाका नेवार दाजुभाई, दिदीबहीनीहरुसँग दोलखाको साँस्कृतीक सम्वन्धी महत्वपूर्ण जानकारी गराउने पनी भएकोले यस पटकको भेला दोलखामा राखेको हो भनी नेवाः देय् दवु दोलखा स्वनिगः सम्पर्कका अध्यक्ष सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।
सम्भवतः यो भेला प्राचिन शहर दोलखामा पहिलो पटक भएको हुनाले ऐतिहासिक र आफैमा महत्वपूर्ण हुने समेत वहाँले बताउनु भयो । यस कार्यको लागि सम्पूर्ण दोलखावासी तथा शुभचिन्तक नेवार दाजुभाई, दिदीबहीनीहरुको सहभागीको लागि आग्रह गर्नु भएको छ ।