बाँपीझ्याला, दोलखा । दोलखाको प्रमुख जिल्ला अधिकारीको तीन महिनामै सरुवा गरिदिएको छ । गत माघ पहिलो साता सरुवा भएर दोलखाका आए प्रजिअ शेखर पौडेल सरुवा भएका हुन् । यति छोटो समयमा गृह मन्त्रालयले प्रजिअ पौडेलको सरुवा गरिएको पहिलो पटक रहेको छ ।
गृहमन्त्रालयले उनलाई ईलामको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गर्दै काजमा एनडीआरआरएमा काज राखिएको छ । पौडेल सरुवा भएसँगै दोलखाको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयले कोमल प्रसाद धमलालाई पठाएको छ । गृहमन्त्रालयले केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचडले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् ।