Search

प्रेस सेन्टर नेपाल दोलखाको छैटौं साधारणसभा सम्पन्न

प्रेस सेन्टर नेपाल दोलखाको छैटौं साधारणसभा सम्पन्न

बाँपीझ्याला, काठमाण्डौं । प्रतिनिधिसभाका सांसद गंगा कार्कीज्यू ले पत्रकारले आफ्नो मुल्य मान्यतालाई जोगाई समाजको हितका लागि लड्न जरुरी रहेको बताउनुभएको छ । दोलखा सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियोको सभाहलमा आयोजित प्रेस सेन्टर नेपाल दोलखाको छैटौं साधारणसभालाई आज सम्बोधन गर्दै प्रतिनिधिसभा सांसद कार्कीले यस्तो बताउनुभएको हो ।

पत्रकारले मुल्य, मान्यता र आफ्नो लक्ष्यलाई प्राथमिकतामा राखेर पछिल्लो समय देखिएका विकृति विसंगतीलाई चिर्नुपर्ने उहाँको भनाई छ । अर्को प्रसंगमा उहाँले दोलखाको विकास र समृद्धिका लागि आफु लागि परेको बताउनुभयो । दोलखाको पुर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पशुपालन र कृषि क्षेत्रलाई आफुले प्राथमिकताका साथ अघि बढाउन चाहेको उहाँको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका पुर्व वन तथा वातावरणमन्त्री विशाल खड्काले दोलखाको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले पर्यटन मार्फत नै दोलखाको समृद्धि हाँसिल गर्न सकिने भएकाले जिल्लाको विकासका लागि साझा धारणा बनाउन जरुरी रहेको बताउनुभयो । जिल्लाको विकासका लागि जिरीमा मानवनिर्मित ताल निर्माणको प्रक्रिया अघि बढीसकेको भन्दै उहाँले यसले पर्यटनको क्षेत्रमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगलले पत्रकारका हरेक मुद्धामा प्रेस सेन्टरको भुमिका विशेष हुने गरेको बताउनुभएको छ । पत्रकारको न्युनतम पारिश्रमिक देखि पत्रकारको हरेक मुद्धामा प्रेस सेन्टर लडिरहेको उहाँले बताउनुभयो । यसअघि लोकतन्त्र र गणतन्त्रका लागि लडेको प्रेस सेन्टर अहिले पत्रकारको विकृति र विसंगतीका विरुद्ध लडिरहेको अध्यक्ष सापकोटाको भनाई छ ।

प्रेस सेन्टर नेपाल दोलखाका निवर्तमान अध्यक्ष शिवकुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सांसद गंगा कार्की विश्व, पूर्ब महान्यायधिबक्ता मुक्तिनारायण प्रधान, प्रेस सेन्टर नेपालका केन्द्र्रीय अध्यक्ष बिष्णु सापकोटा जुगल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् जिल्ला जिल्ला ईन्चार्ज विशाल खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, नेपाली कांग्रेश दोलखाका प्रबक्ता राकेश श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य एबम् दोलखाका अग्रज पत्रकार चिरञ्जिवी मास्के, बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्की, प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसै गरी प्रेस सेन्टर दोलखाका संस्थापकहरुलाई सम्मान गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!