Search

७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन

७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन

बाँपीझ्याला, काठमाण्डौं । नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन पुगेको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले मोबाइल फोन बोक्छन् ।

तीमध्‍ये कोशी प्रदेशमा ७२.६ प्रतिशत, मधेश प्रदेशमा ७४.८ प्रतिशत, बागमती प्रदेशमा ६८.२ प्रतिशत, गण्डकी प्रदेशमा ७१.१ प्रतिशत, लुम्बीनी प्रदेशमा ७४.६ प्रतिशत, कर्णाली प्रदेशमा ८२.२ प्रतिशत र सुदूरपश्‍चिम प्रदेशमा ७९.१ प्रतिशत जनताको हातमा मोबाइल फोन रहेको पाइएको छ ।

यस्तै ७३ प्रतिशत जनताले स्मार्ट मोबाइल फोन चलाउने गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्‍ये कोशी प्रदेशमा ७४.२ प्रतिशत, मधेश प्रदेशमा ६६.९ प्रतिशत, बागमती प्रदेशमा ८० प्रतिशत, गण्डकी प्रदेशमा ७७.८ प्रतिशत, लुम्बीनी प्रदेशमा ७५.५ प्रतिशत, कर्णाली प्रदेशमा ५८.४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६२.६७ प्रतिशत जनाको हातमा स्मार्टफोनको पहुँच रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी नेपालमा ल्याण्डलाइन टेलिफोन ४.५ प्रतिशत जनताले मात्रै प्रयोग गरेको पाइएको छ । जसमध्‍ये कोशी प्रदेशमा ३.१ प्रतिशत, मधेशमा १.६ प्रतिशत, बागमतीमा १०.१ प्रतिशत, गण्डकीमा ५.२ प्रतिशत, लुम्बिनीमा ३ प्रतिशत, कर्णालीमा १.९ प्रतिशत र सुदूरपश्चिममा २.१ प्रतिशत जनाले मात्रै ल्याण्डलाइन फोन प्रयोग गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!