Search

एमालेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान दोलखाको सबै स्थानीय तहमा

एमालेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान दोलखाको सबै स्थानीय तहमा

बाँपीझ्याला, दोलखा । नेकपा एमालेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियान दोलखाको सबै स्थानीय तहमा सञ्चालन भइरहेको छ । नेकपा एमालेले संगठन सुदृढिकरणका लागि सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियान जिल्लाको सबै पालिकामा चलिरहेको हो ।

गत फागुन १० गते जिल्ला कमिटीको बैठक बसेर कार्ययोजना सहित ग्रासरुट अभियान थालेको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । ग्रासरुट अभियानमा केन्द्रिय सदस्यहरु सुवास देवकोटा, गोविन्द प्रसाद दुलाल र नेकपा एमालेका पोलिटव्युरो सदस्य कमल प्रसाद चौँलागाई खटिएका छन् ।

जसअनुसार देवकोटा जिरी नगरपालिका र बैतेश्वर तथा तामाकोशी गाउँपालिकामा खटिएका छन् भने दुलाल कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिका तथा चौँलागाई भिमेश्वर नगरपालिका, मेलुङ र शैलुङ गाउँपालिकामा खटिएका छन् ।

यसैगरी प्रदेश कमिटीको तर्फबाट भिमेश्वर नगरपालिकामा इश्वरचन्द्र पोखरेल, कालिञ्चोक गाउँपालिकामा भरत बहादुर केसी, विगु गाउँपालिकामा कालिका पाठक, गौरीशंकरमा गणेश कार्की, बैतेश्वरमा भरत प्रसाद दुलाल, जिरीमा बसन्तराज कार्की, तामाकोशीमा डबल पाण्डे, मेलुङमा बालकृष्ण शिवाकोटी र शैलुङमा कृष्ण भुजेल खटिएका छन् ।

अहिले जिल्ला कमिटी सदस्यहरु पनि सम्बन्धित वडा र सम्बन्धीत पालिकामा खटिएको दोलखा एमालेले जनाएको छ ।

ग्रासरुट अभियान बैशाख १० गते सकिनेछ । हाल सो अभियान सञ्चालन भइरहेकोले यही चैत १० गते शुक्रबार मध्यावधि समिक्षा गरी थप कार्यक्रमलाई अघि बढाइने जिल्ला अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ग्रासरुट अभियान अन्तर्गत पालिकास्तरीय कार्यक्रम सञ्चालन भइसकेको छ भने वडा तहमा पनि पुगिसकेको छ ।

वडादेखि टोलसम्म सबै जनतालाई भेट्ने तथा पार्टीका कार्यकर्तालाई भेट्ने र पार्टी निर्माणका लागि सुझाव लिने र दिने अभियान नै ग्रासरुट अभियान भएको एमालेले जनाएको छ ।

जिरी नगरपालिकामा खटिएका प्रदेश कमिटी सदस्य बसन्तराज कार्कीका अनुसार ग्रासरुट अभियान अन्तर्गत सदस्यता नविकरण गर्ने, पार्टीमा आवद्ध हुन चाहनेलाई नयाँ सदस्यता प्रदान गर्ने, पार्टी कसरी चलाउनुपर्छ भनेर कार्यकर्ता तथा जनतासँग भेटेर सल्लाह तथा राय लिने लगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

गत माघ २६ मा बसेको केन्द्रीय सचिवालयको बैठकले फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो ।

RSS Error: A feed could not be found at `https://www.bampijhyala.com/`; the status code is `200` and content-type is `text/html`

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!