Search

विश्व कविता दिवसको उपलक्षमा बहुभाषीक कवि गोष्ठी तथा कविता वाचन कार्यक्रम सम्पन्न

विश्व कविता दिवसको उपलक्षमा बहुभाषीक कवि गोष्ठी तथा कविता वाचन कार्यक्रम सम्पन्न

७ चैत्र, बाँपिझ्याला काठमाडौं । सन् १९९९ मा शुरुआत गरिएको विश्व कविता दिवस आज सन् २०२३ को मार्च २१को दिनमा काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको छ । विश्वभरिको मातृभाषाप्रेमीहरूको लागि यो खुसीको खबर पनि हो ।

नेपालको केन्द्रीय राजधानी काठमाडौंको रानीपोखरी नजिकैको नवनिर्मित पुरानो नाम भानु माध्यमिक विद्यालय तर दर्बार हाईस्कूलको नामले चर्चित भवनको भानु कक्षमा आयोजना गरिएको सो कार्यक्रम बालसिर्जना मंच नेपालले आयोजना गरेको छ । काठमाडौं स्थिति दरबार हाइस्कुलको सभा हलमा आयोजित उक्त कार्यक्रममा देशका विभिन्न स्थानबाट सहभागी सर्जकहरुले नेपाली तथा मातृभाषामा आफ्ना कविता वाचन गरेका थिए ।

बालसिर्जना मञ्च नेपालका अध्यक्ष डा. सीता सुवेदी पन्थीको अध्यक्षतामा भएको सो कार्यक्रममा जनमत वाङमय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा दुवालले नेपालमा बोलिने सबै मातृभाषाको संरक्षण र प्रवद्र्धन गरिनु पर्ने कुरामा जोड दिँदै नेपाली समाजमा विभेद, राजनीतिमा विभेद हुने गरेको छ । तर त्यस्तो विभेद साहित्यमा हुनु दुःखलाग्दो कुरा हो भन्नहुदै उहाँले साहित्यिक फाँटमा हरेक भाषाको आ–आफ्नै खालको अस्तित्व र महत्व हुन्छ यसलाई जुनसुकै सत्ताधारी आएपनि साहित्य जगतलाई आझेलमा पार्ने काम गर्नुहुन्न भन्ने तर्क राख्नुभयो ।

त्यसैगरि अन्य अतिथिहरूमा डा.बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, हरिप्रसाद खनाल, जगदिश्वर पोखरेल, छायाँदत्त न्यौपाने, प्रमोद प्रधान र ध्रुवकुमार घिमिरेको उपस्थित रहेको थियो भने कविता वाचनका लागि विद्यालयका साना बालबालिका सहित वरिष्ठ सर्जकहरूको बाक्लै उपस्थिति देखिन्थ्यो ।

साहित्यिक कार्यक्रम भएकोले आजको कार्यक्रममा उद्घाटन कार्यक्रम पनि प्रमुख अतिथि मोहन दुवालले नेपाल भाषा र नेपाली भाषा दुवै भाषाबाट कविता वाचनबाटै गर्नुभएको थियो ।

कविता वाचन तर्फ कवि डा.जितालीले ‘राष्ट्रिय पहिचान’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो भन कवियित्रीे सुशिला प्रधानाङ्गले नेपाल भाषाको रचना सुनाउनु भयो । सिन्धुपाल्चोकका सर्जक नेत्र तामाङले आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए भने आनन्द गुप्ताले मैथिली कविता प्रस्तुत गरेका थिए ।

आजको अर्का सर्जक बागमती प्रदेश दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ का बालकृष्ण श्रेष्ठ ‘पासा’ले दोलखाली नेवारी भाषामा ‘छिजी द्वाल्खा’ शिर्षकको कविता सुनाएका थिए । त्यस्तै जिवी नेपालीले अति नै पुरानो लोपोन्मुख दर्जी भाषामा कविता सुनाए । श्याम राई, जितेन्द्र रसिक, पुरुषोत्तम सिग्देलले आआफ्नो रचना प्रस्तुत गरेका थिए ।

आजको कविता वाचनको क्रममा राई, नेपाली, भोजपुरे, मैथिली, तामाङ र संस्कृत भाषामा कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा संविद ढकाल, जुनु घिमिरे, आर मानन्धर, डिल्लीराम ढकाल, उषा केसी, विष्णु थापा जस्ता नवनित सर्जक र आदर्श माध्यमिक विद्यालय लायकु ठिमीका विद्यार्थीहरू अंशु दुलाल, मन्सु नकर्मी, कविता रोकाय लगायतले समेत आफ्ना कविता सुनाएका थिए ।

नेपाल भरिका अनेकौ जातजातिका मातृभाषालाई एकै ठाउँमा भेला गरेर कविता वाचन गराउने क्रममा उपत्यकाका तीनै जिल्ला लगायत दोलखा, सिन्धुपाल्चोक, धनकुटा, इलाम, काभ्रे, मोरङ, लमजुङ, पर्वत, कञ्चनपुर र तनहुँ जिल्लाका सर्जकहरूले आ–आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रमको अन्तमा आज कविता वाचन गर्ने सबै सर्जकहरूलाई कविता वाचन गरे वापत सो सभाकाी अध्यक्ष र प्रमुख अतिथिको हातबाट सम्मानपत्र दिइएको थियो । आजको कार्यक्रमको विशेष व्यवस्थापन युनेस्कोका निमित्त राष्ट्रिय आयोगले गरेको थियो भने शब्दाङ्कुर मासिकप्रधानका प्रधान सम्पादक दोलखाली छोरा धीरकुमार श्रेष्ठले सर्जकहरूलाई आमन्त्रण गर्न सहयोग पुर्याएको थियो । आजको कार्यक्रमको सञ्चालन जितेन्द्र रसिकले गरेको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!