विश्व कविता दिवसको अवसरमा प्रस्तुत
कविता दिवस रेन्त आज नै करेसाबारीमा
चार वर्ण छत्तिस जातको त्योृ फुलबारीमा,
अनेकौं दल अनि अनेक पार्टी घरबारीमा,
जिउन धौ धौ के थाहा र त्यो खरबारीमा ।
कविता दिवसरेन्त आज हाम्रो नेपाल देशमा,
रमिता त देखिन्छ नि नौरङ्गे पारदर्शी भेषमा,
उत्सवको न्वारान हुन्छ संस्कृति आवरणमा,
उद्घोष हुन्छ नृत्य जहाँ विकृति पहिरनमा ।
कविता दिवस रेन्त आज विशाल महलमा,
बित्छ नि दिन प्रभुहरूको त चहलपहलमा,
के थाहा र ग्यासको मर्म यो कोलाहलमा,
बढे बढुन् भाउ के अर्थ र त्यो माहौलमा ।
कविता दिवस रेन्त आज शहरको माझमा,
दुई छाक खानाको चिन्ता बिहान साँझमा,
मस्त छन् संवादका खाका नाङ्गो नाचमा,
के लाग्थ्यो शरम उनलाई डुबेको लाजमा ।
कविता दिवस रेन्त आज त खुलामञ्चमा,
कसैको नभएको अङ्ग प्रदर्शन रे रङ्गतरङ्गमा,
लाजै नमानी हेर्ने अभिभावक मति भरङ्गमा,
अभैm प्रतिभाको व्याख्या गर्ने साथी सङ्गमा ।
कविता दिवस रेन्त आज नै करेसाबारीमा
चार वर्ण छत्तिस जातको त्योृ फुलबारीमा,
अनेकौं दल अनि अनेक पार्टी घरबारीमा,
जिउन धौ धौ के थाहा र त्यो खरबारीमा ।
–बालकृष्ण श्रेष्ठ ‘पासा’