Search

अभिनेता ज्याकी चानको फिल्म ‘न्यु पुलिस स्टोरी २’ बन्ने घोषणा

अभिनेता ज्याकी चानको फिल्म ‘न्यु पुलिस स्टोरी २’ बन्ने घोषणा

बाँपीझ्याला, काठमाडौँ । गत मंगलबार फिल्ममार्ट मार्केटले विश्वविख्यात मार्सल आर्ट अभिनेता ज्याकी चानलाई प्रस्तुत गरेको थियो, जहाँ उनले आफ्नो आगामी फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा गरे । च्यान स्वयंको शीर्ष भूमिका रहने फिल्मलाई उनी आफैंले निर्माण गर्नेछन् ।

यसका लागि उनले हङकङका अभिनेता, मार्शल आर्टिस्ट, गायक, गीतकार, पपस्टार र हार्टथ्रोब निकोलस त्सेसँग निर्माणमा सहकार्य गर्दैछन् । त्सेले यो फिल्मबाटै निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको शीर्षकले भनेजस्तै यो फिल्म चान अभिनित सन् १९८० ताकाको लोकप्रिय फिल्म ‘पुलिस स्टोरी’को नयाँ श्रृंखला हुन् ।

उक्त फिल्ममा चानलाई हङकङको प्रहरीको रुपमा ड्रग्स मालिक र भ्रष्टाचारसँग लडिरहेको पात्रको रुपमा चित्रण गरिएको छ । गोल्डेन हार्वेस्ट ब्यानर अन्तर्गत निर्मित फिल्म ‘पुलिस स्टोरी’ (१९८५) र पुलिस स्टोरी २ (१९८७) लाई चानको करिअरको दुई सबैभन्दा सफल र लोकप्रिय फिल्ममध्ये मानिन्छ । जसमा चानका केही उत्कृष्ट र सबैभन्दा विस्तृत एक्सन दृश्य प्रस्तुत गरिएको थियो ।

चानले आगामी श्रृंखलामा पनि लागूऔषध माफिया र भ्रष्टाचारविरुद्ध लड्ने पात्रको भूमिका निर्वाह गर्नेछन् । सन् १९९२ को फिल्म ‘सुपरकप’मा चान र हालै मात्र ओस्कार अवार्ड जितेकी अभिनेत्री मिसेल योहले मिलेर काम गरेका थिए ।

पुनः पुलिस स्टोरीकै सिक्वेल गर्न लागेकोप्रति उत्साह व्यक्त गर्दै अभिनेता चानले यी सिरिजले आफूलाई कसरी स्टारडम दिलाए र विश्वव्यापी सफलता हासिल गरे भन्ने कुरालाई सेयर गरेका छन् । नयाँ पुलिस स्टोरीलाई उक्त मौलिक फिल्मको सिक्वेलको रुपमा अथ्र्याइएको छ । नयाँ पुलिस कथाले मौलिक फ्रेन्चाइजसँग थोरै सम्बन्ध राख्छ, एक्सनमा बढी र मौलिक शृङ्खलाका हास्य तत्वमा कम ध्यान केन्द्रित गर्छ ।

अभिनेता चान अहिले भेनेगार्ड, विस ड्रागन, गुड नाइट बेइजिङ र अल यु निड इज लभमा व्यस्त छन् । सन् २०२३ मा चानका तीन फिल्म प्रदर्शन तयारीमा छन् । न्यु पुलिस स्टोरी २ सन् २०२४ मा रिलिज हुने तयारीमा रहेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment