Search

संसारकै खुसी राष्ट्रहरुको सूचीमा नेपाल ७८ औं स्थानमा

संसारकै खुसी राष्ट्रहरुको सूचीमा नेपाल ७८ औं स्थानमा

बाँपीझ्याला, काठमाडौँ । संसारकै खुसी राष्ट्रहरुको सूचीमा नेपालले ७८ औं स्थान प्राप्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गर्दै नेपाल ७८ औं स्थानमा रहेको देखाएको हो । प्रतिवेदन अनुसार नेपालभन्दा पछाडी श्रीलंका, इरान, म्यानमार, अफगानिस्तान भारतलगायतका देशहरु पर्दछन् ।

छिमेकी देश भारत भने खुसी राष्ट्रहरुको सूचीमा १ सय २६ औं स्थानमा परेको छ । राष्ट्र संघले सोमबार सार्वजनिक गरेको उक्त प्रतिवेदनले यो वर्ष सबैभन्दा खुसी राष्ट्रका रुपमा फिनल्यान्डलाई सूचीकृत गरेको छ । फिनल्याण्ड पछिल्ला ६ वर्षदेखि लगातार सर्वाधिक खुसी राष्ट्र बन्दै आएको छ ।

प्रतिवेदन अनुसार खुसी राष्ट्रहरुको सूचीमा दोस्रा, तेस्रो, चौथो पाँचौ स्थानमा डेनमार्क, आइसल्याण्ड, ईजरायल र नेदरल्याण्ड छन् । यस्तै स्विडेन, नर्वे, स्विजरल्याण्ड, लक्जम्बर्ग र न्युजिल्याण्ड पनि सर्वाधिक खुसी राष्ट्रको सूचीको १० भित्र परेका छन् ।

सूचीको सबैभन्दा तल अफगानिस्तान १ सय ३७ नम्बरमा छ। लेबनान एक नम्बर माथि १३६ औँ स्थानमा छ। युक्रेनमा रुसको आक्रमणले सन् २०२२ को प्रतिवेदन जारी भएपछि दुवै देशलाई विश्वव्यापी रूपमा चर्चामा राखेको छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!