Search

लेखक रवीन्द्र समीरको लघुकथा संग्रह ‘कोरोनातन्त्र’ सार्वजनिक

लेखक रवीन्द्र समीरको लघुकथा संग्रह ‘कोरोनातन्त्र’ सार्वजनिक

बाँपीझ्याला, काठमाडौँ । लेखक रवीन्द्र समीरको लघुकथा संग्रह ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय समीरको यो १३ औं पुस्तक हो ।

पुस्तकमा कोरोना महामारीको सुरुवातमा समाजमा देखिएको डर, हल्ला, उपचारको अनिश्चितता, अस्पतालमा बिरामीको भीड र बेड, अक्सिजन अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम र महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई दर्शाइएको छ ।

इण्डिगो इन्कले बजारमा ल्याएको पुस्तक महामारीको जीवन्त दस्तावेजको रुपमा रहने लेखक समीरको विश्वास छ । समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, नेपाल विद्यवाभूषण पदक लगायत थुप्रै पुरस्कार प्राप्त गरिसकेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!