बाँपीझ्याला, दोलखा । नक्छे प्रधान परिवारको २०७९ चैत्र ४ गते काठमाण्डौं स्थित जेष्ठ नागरिक आदरणिय सुरेन्द्र बहादुर प्रधानज्यूको अध्यक्षतामा वहाँकै निवास चावहिल गणेशथानमा बसेको भेलाले “नक्छे प्रधान परिवार” गठन गरिएको छ ।
समाजसेवी एवं ईन्जिनियर नहेन्द्र प्रधानको अध्यक्षतामा गठन गरिएको उक्त परिवारको उपाध्यक्षमा जगदिस प्रधान काठमाण्डौ, सचिवमा उपेन्द्र प्रधान काठमाण्डौ, कोषाध्यक्षमा अमरकुमार प्रधान काठमाण्डौ, सदस्यहरुमा नविन प्रधान काठमाडौं, प्रर्शुराम प्रधान काठमाण्डौ, राजु प्रधान काठमाण्डौं, यज्ञबहादुर प्रधान दोलखा, शरणकुमार प्रधान दोलखा, अजय प्रधान दोलखा र रामकृष्ण प्रधान काठमाण्डौं रहेको छ ।
नक्छे प्रधानको २०७२ सालमा भुकम्पबाट क्षती भएको कुलघर बनाउन लगायत अन्य महत्वपूर्ण कार्यहरु व्यवस्थीत रुपमा अगाडी बढाई आपसी सद्भाव र सहयोग अभिवृद्धी गराउने उद्देश्य यस संस्थाको स्थापना गर्न लागिएको हो भनी तदर्थ समितीका अध्यक्ष एवं समाजसेवी ईन्जिनियर नहेन्द्र प्रधानले बताउनु भयो । यस कार्यको लागि विशेषतः नक्छे प्रधान परिवारका सदस्यहरुको सहयोग र सद्भावको आवश्यकता रहेको छ भन्नु भयो ।
उक्त प्रधान परिवारको भेलामा जेष्ठ नागरिक सुरेन्द्र बहादुर प्रधान, यज्ञकुमार प्रधान, बैकुण्ठनारायण प्रधान, जगदिस प्रधान, नविन प्रधान, यज्ञबहादुर प्रधान, नहेन्द्र प्रधान, उपेन्द्र प्रधान, रविन प्रधान, नविन प्रधान, अमरकुमार प्रधान, प्रर्शुराम प्रधान र जगतनारायण प्रधानको उपस्थिती रहेको थियो ।