६ चैत, बाँपीझ्याला, काठमाडौँ । कुमारी बैंकले ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु तर्क बहादुर बुडाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३८६ कित्ता सेयर गरेर कुल ३८ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याए\को हो ।
यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।
सेयर खरिद गर्न चाहनेले चैत ६ गते सोमबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयर बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।