बाँपीझ्याला, काठमाडौँ । चैतको अन्तिम साता कैलालीमा ‘टीकापुर साहित्य महोत्सव’ हुने भएको छ । स्थानीय साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २५ गतेदेखि तीन दिनसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजक टीकापुर साहित्य समाजले जनाएको छ ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशको नेपाली खस भाषा, डोटेली सभ्यता, सम्पदा, इतिहास र पर्यटनबारे विमर्श गरिनेछ । महोत्सवमा हरेक साँझ काव्यसन्ध्या, गजलसन्ध्या, संगीतसन्ध्या हुनेछ । महोत्सवले स्थानीय साहित्यकार, कलाकार, राजनीतिक अगुवा, उद्यमी, पर्यटन व्यवसायीलाई गोलबद्ध गरी टीकापुर क्षेत्रको विकासको सम्भाव्यताबारे पनि चर्चा परिचर्चा गरिनेछ । महोत्सवमा देशभरबाट कवि, लेखक र कलाकारको जमघट हुनेछ ।
महोत्सवको अवसर पारेर भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान गर्ने विशिष्ट साधकलाई सम्मान, पुरस्कार र अभिनन्दन समेत गरिने आयोजकले जनाएको छ ।