बाँपीझ्याला, काठमाण्डौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका लागि अर्का उम्मेदवार रहेकी रेजिना उप्रेतीलाई पराजित गरेका हुन्।
निरौलाले २३५ मत ल्याए भने उप्रेतीले २०९ मत ल्याएकी थिइन्। अध्यक्षमा निर्वाचित भएका निरौला यसअघि उपाध्यक्ष, महासचिव र सदस्य भएर काम गरिसकेका थिए।
अध्यक्षमा निर्वाचित भएपछि उनले कलाकारका हकहित र पेशागत सुरक्षाका लागि काम गर्ने प्रतिक्रिया दिएका छन्।
निर्वाचनमा चार सय ६८ मत खसेको थियो। शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र महासचिव सविन श्रेष्ठ निर्वाचित भएका छन्।
यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल र सहकोषाध्यक्ष पवित्रा आचार्य निर्वाचित भएका छन्।
सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन्।