Search

आज प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै, सत्य निरुपण तथा मेलमिलाप संशोधन विधेयक पेश गर्ने

आज प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै, सत्य निरुपण तथा मेलमिलाप संशोधन विधेयक पेश गर्ने

बाँपीझ्याला, काठमाण्डौं । आज प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।

आज बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९पेश गर्ने सरकारको तयारी छ ।

शनिबार बसेको सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ संसद्‍मा पेस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment