बाँपीझ्याला, काठमाण्डौं । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चादनी नगरपालीका कञ्चनपुरको आयोजनामा उद्घोषण तालिम तथा बेमौसमी तरकारी खेती कृषि तालिमको आज समापन गरिएको छ ।
अध्यक्ष डम्बर गुरुङ्गको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी वडा नंं ६ का वडाध्यक्ष ओम बस्नेत, विशिष्ठ अतिथीमा नेपाल आदिवासी जनजाती महासंघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठ, अतिथीहरुमा नेपाल आदीवासी जनजाती महासंघ कञ्चनपुरका मुख्य सचिव ईन्जिनियर रोशन चौधरी, नेवाः देय् दवुका केन्द्रिय सदस्य तुलसी श्रेष्ठ (पुनम) को उपस्थिती रहेको थियो ।
यसै गरी उक्त कार्यक्रममा प्रशिक्षकहरुलाई सम्मान पत्र र सहभागीहरुलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो भनी जनजाती महासंघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
यसै गरी एक हप्तासम्म संचालन गरिएको बेमौसमी तरकारी तालिमको समापन गरिएको थियो भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।