Search

रामेछाप दोलखा शैलुङमा अन्तराष्ट्रिय शैलुङ म्याराथन प्रतियोगिता हुदै

रामेछाप दोलखा शैलुङमा अन्तराष्ट्रिय शैलुङ म्याराथन प्रतियोगिता हुदै

बाँपीझ्याला, दोलखा । दोलखा र रामेछापको सिमानामा पर्ने पर्यटकीयस्थल शैलुङमा भोली अन्तराष्ट्रिय शैलुङ म्याराथन (दौड) प्रतियोगिता हुदैछ । ऐतिहासिक पर्यटकीय स्थल शैलुङमा पहिलो पटक ५५, २५ र ५ किलोमिटर लामो म्याराथन प्रतियोगिता हुन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद आयोजनाका अनुसार प्रतियोगिताअन्तर्गत ५५ किलोमिटर लामो म्याराथन प्रतियोगिता हिलेदेवी, गाल्वा, खाँडादेवी, दोरम्बा, निगलाबास, डडुवा धारा, घलेडाँडा हुँदै शैलुङ पुगेर टँुगिनेछ । म्याराथनका लागि स्वदेशी र विदेशी गरी ५० जना धावकले नाम दर्ता गराएको जिल्ला खेलकुद विकास समिति रामेछापका कार्यालय प्रमुख अर्जुन कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, सुनापतिबाट सिधै शैलुङ पुग्ने २५ किलोमिटर म्याराथनमा १ सय १ जना र शैलुङडाँडामा मात्रै सीमित ५ किलोमिटर म्याराथनमा ६९ जना धावकले नाम दर्ता गराएका छन् ।

प्रतियोगितामा बेलायत, अमेरिका, स्वीडेन, जर्मनी लगायतका विदेशी तथा नेपाली धावकहरुले प्रतिस्पर्धा गर्दैछन् । अल्ट्रा म्याराथन प्रतियोगितामा भाग लिने धावकहरुले विभिन्न ९ स्थानमा चेक प्वाईन्टमा पुगेर नाम दर्ता गराउनु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

म्याराथन प्रतियोगिताका लागि रुट निर्धारण, चेकप्वाईन्ट तयारी लगायतका काम सकिएको राखेपले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!