Search

प्राचिन शहर दोलखामा रातो मच्छिन्द्रनाथको जात्रा चैत्र २३ गतेदेखि शुरु, २८ गते विशेष आकर्षण

प्राचिन शहर दोलखामा रातो मच्छिन्द्रनाथको जात्रा चैत्र २३ गतेदेखि शुरु, २८ गते विशेष आकर्षण

प्राचिन शहर दोलखा जाऔं, रातो मच्छिन्द्रनाथको रथजात्रामा सहभागी बनौं !

बाँपीझ्याला, दोलखा । सहकालको देवताको नामले प्राचिन शहर दोलखाको साक्षात प्रख्यात रातो मच्छिन्द्रनाथको जात्रा यसपाली चैत्र २३ गतेदेखि शुरु हुर्दैछ । दोलखा र ललितपुरमा रातो मच्छिन्द्रनाथका रथजात्रा तानेर मान्ने चलन रहेको छ भने काठमाण्डौंमा सेतो मच्छिन्द्रनाथको रथजात्रा तानेर मान्ने चलन रहेको छ ।

यसरी दोलखामा चैत्र २३ गते दुधमा स्नान, २४ गते भीमेश्वर नगरपालीका वडा नं. २ ड्वाकुलुङाबाट वडा नं.२ स्थित पिङ्गल टोलमा रथमा हाल्ने, २५ गते पिङ्गल टोलबाट नक्छे टोलमा तान्ने, २६ गते नक्छे टोलबाट श्यामसुन्दर टोलमा तान्ने, २७ गते श्यामसुन्दर टोलबाट टँसिचा टोलमा तान्ने, २८ गते टँसिचाटोलबाट रास्नीको ६० डिग्रीको उकालो हुर्दै माथिल्लो टोलमा तान्ने, यसदिनलाई विशेष आकर्षण दिनको रुपमा लिने गरेको पाईन्छ । यसै गरी २९ गते माथिल्लो टोलबाट दुङ्गल टोलमा तान्ने, ३० गते दुङ्गल टोलबाट पिङ्गल टोलमा तान्ने र नयाँ बर्ष २०८० बैशाख १ गते पिङ्गलटोलबाट फेरी डोकलुङ्गा टोलमा रथमा राखी भि¥याईने छ ।

विश्वमा देखा परेको कोविड १९ को संक्रमणको कारणले गर्दा २ बर्ष रथजात्रा सम्पन्न गर्न नसकी रथजात्रा विधिपूर्वक पूजाआजा मात्र गरी सम्पन्न गरिएको थियो भने गत बर्षदेखि नियमित दोलखा शहर परिक्रमा गरि मनाईएको छ । यसै गरी यस वर्ष पनी मच्छिन्द्रनाथको रथजात्राको तयारी भईरहेको छ भनी गुभाजु नरेन्द्र तुलाधरले बताउनु भयो ।

२०५५ सालदेखि दोलखाको स्थानिय संस्था कालिञ्चोक युवा क्लवका अध्यक्ष प्रकाश श्रेष्ठको कार्यकालदेखि निबर्तमान अध्यक्ष गोपाल प्रधान र बर्तमान अध्यक्ष निरेन्द्र मास्के हुर्दै २०७६ सालसम्म क्लवको संयोजन र दोलखावासी, वडाको सहयोगमा जात्रा सम्पन्न गर्दै आएको हो ।

यसपाली स्थानिय निकायको तर्फबाट भीमेश्वर नगरपालीका वडा नं.–२, स्थानिय संस्था कालिञ्चोक युवा क्लव र अन्य संघ–संस्थाहरुको सहभागीता, दोलखावासीको सहयोगमा रथजात्रा सम्पन्न गर्ने जानकारी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ र कालिञ्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्केले बताउनु भयो ।

यसै गरी वडाध्यक्ष स्टालिन श्रेष्ठले यही चैत्र २३ गते शुरु हुन गईरहेको रातो मच्छिन्द्रनाथको रथजात्रामा दोलखावासी र दोलखाको तर्फबाट सम्पूर्ण दोलखा जिल्लावासी र भक्तजन नेपाली दाजुभाई, दिदीबहीनीहरुलाई सहभागी हुन आग्रह सहीत अनुरोध गर्नु भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment