Search

दोलखामा भीमेश्वर नगरपालीका ६ मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

दोलखामा भीमेश्वर नगरपालीका ६ मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

बाँपीझ्याला, दोलखा । दोलखाको जिल्लाको भीमेश्वर नगरपालिका–६ मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएको छ । सङ्ग्रहालय तथा पार्क समेतको विस्तृत परियो जना प्रतिवेदन तयार भएकाले पहिलो चरणमा गुम्बा र पद्म सम्भव (लामा भाषामा घुरु रेम्बोचे ) को मूर्ति निर्माण थालनी भएको वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागमती प्रदेशको १५ लाख रुपियाँ र नगरपालिकाको १५ लाख रुपियाँमा मूर्ति निर्माण सुरु भएको हो । पोखरी सहितको १४ फिटे पिल्लरमा १६ फिट अग्लो मूर्ति निर्माण हुने छ । पिल्लरका चारैतिर कमलको पूmल अङ्कित गरिने छ । मूर्तिको पछिल्लो भागमा विभिन्न मन्त्र राखिने छन् ।

नगरपालिकाका प्राविधिक प्रमुख सुरेश राउतले भन्नुभयो, “तीन लाख १५ हजार लिटर पानी अट्ने गोलो पोखरी र गोलो पर्खालको चारैतिर नीलो रङको टायल राख्नुका साथै पोखरीका चारैतिर बार लगाइने छ । पोखरी नजिकै गुम्बा भवनको निर्माण सुरु भएको छ । साढे दुईतले गुम्बाका संरचना राखिने र आवासको पनि व्यवस्था मिलाइने भएको छ ।

दोलखामा रहेका १२ आदिवासी जातिको संस्कार, संस्कृति झल्कने किसिमको सङ्ग्रहालय एकै स्थानमा निर्माण गर्न लागिएको छ । दोलखा उद्गम थलो भएका थामी, जिरेल, सुरेल र तामाङ, शेर्पा, नेवार, सुनुवार, गुरुङ, माझी, भुजेल, मगर, कुमाल गरी कुल १२ आदिवासी जनजातिको यहाँ बसो बास छ ।

ती समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, भेषभूषालगायतको अस्तित्व जोगाउन यो सङ्ग्र्रहालय निर्माण हुन लागेको हो । यहाँ आदिवासी जनजातिका पुरातात्वीक महत्व झल्कने किसिमका १२ वटै भवन निर्माण भएपछि यसमा साङ्केतित वस्तु राखिने र बृहत् हेर्न चाहने लाई तत्–तत् स्थानमा गएर अवलोकन गर्न आग्रहको लेखन लेखिने उहाँले स्पष्ट पार्नुभयो । यी भवनलाई सङ्ग्रहालयको रूपमा परि णत गरि ने छ ।

भवनमा १२ आदिवासी जनजाति समुदायको लो पो न्मुख इतिहास, संस्कार , संस्कृति, भेषभुषालाई राखिने वडाध्यक्ष लामाले जानकारी दिनुभयो । ४२ रोपनी जग्गामा निर्माण हुने यो सङ्ग्रहालयको लगानी करिब १२ करोड रुपियाँ रहेको उहाँले बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment