बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखाको मुटुमा अवस्थीत राजकुलेश्वर आधारभुत विधालयका पुर्व विद्यार्थी समाजले स्थापना गरेको विज्ञान प्रयोगशालाको लागि आवश्यक कम्प्युटर विद्यालय प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरि पुर्व विद्यार्थी समाजका कार्यवाहक अध्यक्ष श्री विनोद मास्केबाट विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्री अजय प्रधानलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा समाजसेवि भल्ला मास्के, ई.केन्द्र बहादुर श्रेष्ठको उपस्थीत रहेको थियो । हस्ताणतरण कार्यक्रममा पुर्व विधार्थी समाजका कार्यवाहक अध्यक्ष विनोद मास्केले अहिलेको युग विज्ञानको युग हो । विज्ञानको कारण आज संसार हाम्रो मुठिमा छ ।
यहि विज्ञानको युग संग राजुलेश्वर आधारभुत विधालयका विधार्थीहरु पनि हामीले निर्माण गरेको विज्ञान प्रयोगशालाबाट थप मद्यत पुगोस भन्ने उदेश्यले यस विद्यालयमा अध्ययन गरेर हाल देश विदेशमा विभिन्न पेशा, व्यवसाय गरि रहेका पुर्व विधार्थीहरुको सहयोगमा यो कार्यहरु भईरहेको बताउनु भयो । विज्ञान प्रयोगशालालाई प्रभावकारी बनाउन तुरुन्त अक्षकोष खडा गर्ने समेत घोषणा गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधानले हामीले व्यवस्थापन समितीमा नेतृत्व गरे लगतै विद्यार्थी, अभिभावक र समुदायमा राजकुलेश्वर आधारभुत विधालय प्रति भरोसा बढ्दै जानुका साथै विधार्थीहरुको शैक्षिक गुणस्तरमा वृद्धि हुने खालका कार्यक्रमहरु आयोजना गर्दै गएको र विद्यालय र विधार्थीलाई सहयोगी दाताबाट भरपुर सहयोग मिल्दै आएको हुदा पुर्व विधार्थी समाजले चरणबद्ध रुपमा सहयोग गर्दै आएको छ ।
यस प्रति पुर्व विधार्थी समाज प्रति कृतज्ञ व्यक्त गर्दै दाताहरुले सहयोग गरेको सामाग्रीहरु भरपुर सदुपयोग गरि हिफाजात गर्न विद्यार्थी र शिक्षकहरुलाई व्यवस्थापन समितीका अध्यक्ष अजय प्रधानले आग्रह सहित अनुरोध गर्नु भएको छ ।