Search

निर्वाचन आयोगद्वारा उपराष्ट्रपति निर्वाचनका सम्वन्धी आचार संहिता सम्वन्धी प्रेश विज्ञप्ती जारी

निर्वाचन आयोगद्वारा उपराष्ट्रपति निर्वाचनका सम्वन्धी आचार संहिता सम्वन्धी प्रेश विज्ञप्ती जारी

बाँपीझ्याला, काठमाण्डौं । उपराष्ट्रपती निर्वाचनका लागि प्रचारप्रसार सम्वन्धी निर्वाचन आयोगको कार्यालयले आज एक प्रेस विज्ञप्ती जारी गरिएको छ । निर्वाचन आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको जनाउँर्दै उक्त निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा, रामसहाय प्रसाद यादव गरी ४ (चार) जना उम्मेदवार दर्ता गरिएको छ ।


प्रेस विज्ञप्तीमा भनिएको छ, निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ । उक्त आचारसंहिता बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने छ भनी उल्लेख गरिएको छ ।

उक्त व्यवस्थाबमोजिम उपराष्ट्रपतिको निर्वाचनका लागि आज फागुन ३० गते राति १२ बजे पश्चात् मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ भनी निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तीमा भनीएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!