Search

आमसञ्चार ऐन बनाउन लागेका छौ : सञ्चारमन्त्री शर्मा

आमसञ्चार ऐन बनाउन लागेका छौ : सञ्चारमन्त्री शर्मा

बाँपीझ्याला, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार सम्बन्धी कानुनहरु पुराना भएकाले अनलाइन मिडियालाई समेत समेट्ने गरी आमसञ्चार ऐन बनाउन लागेको जानकारी दिनुभएको छ ।

नारी अनलाइन पत्रिकाको काठमाडौँमा शुभारम्भ गर्दै मन्त्री शर्माले आमसञ्चार ऐनमा अनलाइन मिडियालाई समेत समेट्ने गरी आमसञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गरी ऐन बनाउने काम थालिएको जानकारी दिनुभयो ।

उहाँले सञ्चारमाध्यमले राम्रो कामका लागि उत्प्रेरित गर्ने प्रेरणादायी सामग्रीको खोजी बढाउनुपर्नेमा जोड दिनुभयो ।

राम्रो पक्षको उजागर गर्दा अवसर नपाएका क्षमतावानहरुले अवसर पाउने र समाजले गति लिने भन्दै मन्त्री शर्माले राम्रा कामका लागि प्रेरित गर्ने पाटो कमजोर भएकाले आमसञ्चार माध्यमले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले महिलाको योगदानको यथोचित कदरसहित क्षमताअनुसार अवसर प्रदान गर्ने वातावरण बनाउन प्रेरणादायी कथाहरूको जतिसक्यो धेरै सार्वजनिकीकरण आवश्यक रहेको पनि औँल्याउनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!