Search

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

२९ फागुन, बाँपीझ्याला, काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । साताको पहिलो दुई दिनमा २३ सय रुपैयाँले प्रतितोला मूल्य बढ्दा नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुनको मूल्य एक लाख तीन हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । आइतबार तोलामा १७ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख तीन हजार ५ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य वृद्धि हुनुमा अन्तराष्ट्रिय बजार नै प्रमुख कारण हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार अमेरिकाको सिलिकन भ्याली बैंक डुबेपछि लगानीकर्ताहरु बैंकबाट निक्षेप झिकेर सुनमा लगानी बढाइरहेका छन् ।

एक्कासी सुनको माग बढ्दा मूल्य बढेको अनुमान गरिएको छ । पहेलो धातुमा गरिने लगानी जोखिमका बेला संसारभर मान्य हुने भएकाले वित्तीय प्रणालीमा संकटको अवस्था उत्पन हुँदा तथा ठूलो द्वन्द्वको पूर्वसन्ध्यामा सुनमा लगानी वृद्धि हुने गर्दछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!