Search

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ जेठ ५ गते रिलिज हुने

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ जेठ ५ गते रिलिज हुने

बाँपीझ्याला, काठमाडौँ । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ जेठ ५ गते रिलिज हुने भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् । यसअघि यो फिल्म चैत १० गते रिलिज हुने भनिएपनि सम्पादन कार्यमा ढिलाइ भएकाले पोस्टपोन्ड भएको जनाइएको छ ।

बदलाको कथावस्तुमा आधारित यो फिल्मलाई रामराघव आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । डेब्यु अभिनेता रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा र सुवास साहको समेत अभिनय छ । यो फिल्मलाई जयनन्दको अन्तिम फिल्म समेत भनिएको छ ।

फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । ‘प्रेमगीत ३’ फेम्ड सुदीप पौडेल यसका सहनिर्माता हुन् । फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो । यसलाई देशव्यापी आरआर फिल्म्सले वितरण गर्नेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment