बाँपीझ्याला, दोलखा । जिरी उद्योग वाणिज्य संघको भोली हुने पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन हुदैछ । जसको लागि तिव्र तयारी तीब्र पारिएको थाहा भएको छ । संघको निर्वाचनमा दुई प्यानल बीच प्रतिस्पर्धा हुँदैछ । फागुन २१ गते मनोनयन दर्तापछि दुवै पक्षले तयारी तीब्र पारेका छन् ।
अध्यक्ष पदमा हालका अध्यक्ष गेल्बु शेर्पा र वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने भएको छ । साथै अन्य पदमा पनि संस्थापन पक्ष शेर्पा र श्रेष्ठको छुट्टा–छु्ट्टै प्यानल चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन् ।
गेल्बु शेर्पा प्यानलबाट प्रथम उपाध्यक्षमा देव बहादुर श्रेष्ठ, द्धितीय उपाध्यक्षमा रमेश बस्नेत, महासचिवमा दल बहादुुर श्रेष्ठ (डिवी), सचिवमा दिपक कार्की र कोषाध्यक्षमा सुरज खड्का उम्मेदवार बनेका छन् । यस्तै, संस्थापन पक्षबाट सदस्यहरुमा गया कुमार श्रेष्ठ, पेमा तुण्डु शेर्पा, यम बहादुर खत्री (सुरेन्द्र) र दिपेन्द्र खड्का रहेका छन् ।
यसैगरी, बाबुराजा श्रेष्ठ समूहबाट प्रथम उपाध्यक्षमा आङगेल्जी शेर्पा, द्धितीय उपाध्यक्षमा शिवस कुमार बस्नेत, महासचिवमा अनिल कार्की, सचिवमा सुमन शाही तथा कोषाध्यक्षमा इन्द्र बहादुर कार्की उम्मेदवार बनेका छन् । सो समुहबाट सदस्यमा रामकृष्ण शैजु श्रेष्ठ र उद्धव जिरेललाई उम्मेदवार बनाइएको छ ।
निर्वाचनबाट एक अध्यक्ष, प्रथम उपाध्यक्ष र द्धितीय उपाध्यक्ष गरी दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा ४ जना सदस्य निर्वाचित हुनेछन् । कुल अध्यक्ष सहित १० जना निर्वाचित हुने भएपनि १८ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा १ सय ९५ जना मतदाताले मतदान गर्नेछन् ।