Search

रारा संयुक्त उपभोक्ता समाजलाई समाजसेवी तुलसी नारायण खम्हु श्रेष्ठबाट रु. १५ लाख रकमको सहयोग !

रारा संयुक्त उपभोक्ता समाजलाई समाजसेवी तुलसी नारायण खम्हु श्रेष्ठबाट रु. १५ लाख रकमको सहयोग !

काठमाडौ फागुन २७ गते २०७९ शनिबार । रारा संयुक्त उपभोक्ता समिति सुकेधारा–४, काठमाडौंको नवौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । संघीय सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको सभापतित्व सोही उपभोक्ता समाजकी अध्यक्ष रेखा शर्माले गर्नुभएको थियो भने विशेष अतिथिमा काठमाडौं– ५ नं. क्षेत्रबाट प्रदेश सभासदस्यमा निर्वाचित हुनुभएका राजेन्द्र प्रजापति हुनुहुन्थ्यो ।

यसै समारोहमा विशेष अतिथिको आकर्षणको रुपमा दानवीर समाजसेवी ८६ वर्षीय तुलसी नारायण खम्हु श्रेष्ठको पनि उपस्थिति थियो । त्यसैगरी सोही सभामा अतिथिका रुपमा सो उपभोक्ता समाजका संस्थापक अध्यक्ष गोकर्ण प्रसाद सापकोटा, पूर्व अध्यक्ष श्री प्रसाद सापकोटा र रामहरी अधिकारी तथा निवर्तमान अध्यक्ष दिनेश कार्की लगायत वडा नं. ४ का वडा अध्यक्ष दिनेश महर्जन र वडा सदस्य नविन मैनाली रहनु भएको थियो ।

सभापति रेखा शर्मा तथा विशेष अतिथि प्रदेश सभासदस्य राजेन्द्र प्रजापतिज्यूले दीप प्रज्वलन गरि उद्घाटन गरि प्रारम्भ गरिएको सो समारोहमा सो समाजका सचिव देवशंकर अधिकारीले स्वागत भाषण दिनुभएको थियो ।

यसै रारा संयुक्त उपभोक्ता समाजको नवौं वार्षिक समारोहको अवसरमा समाजसेवी तुलसी नारायण खम्हु श्रेष्ठज्यूले सो समाजलाई अक्षय कोषको हिसाबले रु. १० लाख र आफ्नी स्वर्गीया धर्मपत्नी मैयाँ देवी श्रेष्ठ खम्हुको नाममा मैयाँदेवीकै नामाकरण गरी एउटा विशेष कक्ष निर्माण गर्न रु. ५ लाख चन्दा दिनु भएको छ । सोही अवसरमा निज तुलसी नारायणलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

आजको उक्त कार्यक्रममा प्रमुख अतिथि संभीय सांसद प्रदिप पौडेलको ढिला उपस्थितिको कारण प्रदेश सभासदस्य राजेन्द्र प्रजापतिज्यू र सभापति रेखाबाट सम्मान गरिएको थियो । साथै सो समाजबाट प्रमुख अतिथि र विशेष अतिथि द्वयलाई पनि सम्मान गरिएको थियो । आजको सो कार्यक्रममा प्रदेश सभा सदस्य, वडा अध्यक्ष एवम् सो समाजका पूर्व अध्यक्षहरूले सो उपभोक्ता समाजले विगतमा गरेका हरेक कार्य सकारात्मक रहेको र वर्तमानसम्म सबल रुपमा निरन्तर लागिपरेर संस्थालाई दिगो राख्न सबैले सक्षमता देखाएको कुरा राखेका थिए ।

त्यसैगरी प्रदेश सभा सदस्य राजेन्द्र प्रजापतिले यस संस्थाले गर्दै आएका कार्यप्रति आभार व्यक्त गर्दै अब गर्नुपर्ने सामाजिक दायित्वका कार्यहरूमा प्रदेश सभाबाट सकेको सहयोग दिने वचन दिनुभएको थियो । त्यसैगरी धोवी खोलामा हरेक वर्ष बाढीले दिइरहेको प्रकोपी दुःखलाई कम गर्न माथिल्लो निकायबाट पहल थालिने र यो क्षेत्र नं. ५ का अधिकांश ठाउँमा विकासका कार्यहरू स्थापित गर्ने कार्यमा विलम्ब नगर्ने भन्ने तर्क प्रमुख अतिथि संघीय सांसद प्रदिप पौडेलले बताउनु भएको थियो ।

यस्तै सो रारा उपभोक्ता समाजलाई आर्थिक रकम सहयोग गर्नुहुने दानवीर समाजसेवी तुलसी नारायण श्रेष्ठ खम्हुज्यूले सत्य मार्गमा सही मूल्याँकनमा सकारात्मक र पारदर्शी कार्य गर्ने सामाजिक संस्थालाई हरतरहले सहयोग गर्दै आएको कुरा बताउनुहुँदै यस्तो कार्य गर्न पाउँदा आपूm भित्रि मनदेखि नै खुसी भएको बताउनु भयो । जीवनको नवौं दशकको बसन्तमा पाइला चालिरहेका उमेरमा यस्तै सामाजिक सेवामा लाग्न पाउँदा अति नै गौरव महशुस गर्नुभएको कुरा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा सो सभाका सभापति एवम् उपभोक्ता समाजकी अध्यक्ष रेखाज्यूले आफ्नो आमन्त्रणलाई स्वीकार गरेर आएका प्रमुख अतिथि, विशेष अतिथि र अतिथि लगायत उपस्थित वर्गलाई धन्यवाद दिनुहुँदै कार्यक्रम विसर्जनको घोषणा गर्नुभएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!