Search

फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज

फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज

बाँपीझ्याला, काठमाडौँ । गत वर्ष नेपाली हलमा रिलिज भएको फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज भएको छ । दर्शकले अमेजनको बेलायती संस्करणमा पैसा तिरेर फिल्म हेर्न पाउनेछन् । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम जोशी, दीपिका प्रसाईं, प्रियंका कार्कीलगायतको अभिनय छ ।

अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन फिल्मलाई ओटीटीमा रिलिज गरिएको अभिनेता जोशीले बताए । यो फिल्मले विदेशका विभिन्न फेस्टिभलमा समेत अवार्ड जितेको छ ।

फिल्म ‘हेल्लो जिन्दगी’ले बदलाको कथा भन्छ । एक पश्चिमी मुलुकका दम्पतीले नेपालबाट धर्मपुत्र ग्रहण गर्छन् । विजय नामक सो पात्र मायाको खोजीमा छ । उसले माया पाउँछ र माया पनि गर्छ । तर धोका दिइएपछि ऊविरुद्ध बदला लिन्छ । अमेजनमा दर्शकले यो फिल्मलाई अंग्रेजी भाषामा हेर्न पाउनेछन् ।

अमेजनमा यसअघि नेपाली फिल्महरु कबड्डी ३, चिसो एस्ट्रे, हजार जुनीसम्म, शत्रुगते, मिस्टर नेपाली, चिनी कम रङ कडा, बुलबुल, चौका दाउ, आमा खान्डो, सुनाकली र गोपी रिलिज भइसकेका छन् ।

RSS Error: A feed could not be found at `https://bampijhyala.com/`; the status code is `200` and content-type is `text/html`

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!