Search

फिल्म ‘नाइँ नभन्नु ल ६’को टिजर रिलिज

फिल्म ‘नाइँ नभन्नु ल ६’को टिजर रिलिज

बाँपीझ्याला, काठमाडौँ । छैटौं श्रृंखलासम्म आइपुग्दा ‘नाइँ नभन्नु ल’को कथावस्तुमा भिन्नता आइरहेजस्तो देखिन्छ । सन्तानसँगको प्रेम हुँदै सुरु भएको फिल्म बाल मनोविज्ञान र तन्नेरीको प्रेम हुँदै यतिबेला युवतीको प्रेम पाउन लडिने लडाइँको कथाजस्तो देखिन्छ ।

बिहीबर रिलिज भएको ‘नाइँ नभन्नु ल ६’ को टिजरमा एक्सन दृश्य भरिपूर्ण छ । डेब्युब्वाय आशिर्वाद क्षेत्रीलाई लभर-एक्सन चरित्रको रुपमा स्थापित गर्न खोजिएको छ । आँचल शर्माको प्रेम प्राप्तिका लागि उनले गर्ने संघर्षको कथावस्तुको छनक टिजरले दिन्छ ।

सरोज खनाल, केकी अधिकारी, प्रियंका कार्कीजस्ता चलेका अनुहार पनि यसमा छन् । आशिर्वाद र आँचललाई जोडीको रुपमा प्रस्तुत गरिएको छ भने अन्य कलाकार पारिवारक चरित्रको रुपमा छन् ।

विकासराज आचार्यको निर्देशन रहेको फिल्मको निर्माणमा उनले विष्णुमणि दाहालसँग सहकार्य गरेका छन् । सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान कार्यकारी निर्माता छन् । वैशाख १ गते प्रदर्शन मिति तय गरिएको फिल्म २०७१ सालमा रिलिज भएको ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment