Search

‘प्रसाद’को दोस्रो श्रृंखलाले आधिकारिक पोस्टर सार्वजनिक

‘प्रसाद’को दोस्रो श्रृंखलाले आधिकारिक पोस्टर सार्वजनिक

बाँपीझ्याला, काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको सोसल ड्रामा ‘प्रसाद’को दोस्रो श्रृंखलाले आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ट्रेलर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक पोस्टरमा शीर्ष कलाकारलाई चित्रण गरिएको छ । ‘मायाभन्दा ठूलो नै के छ र’ बटमलाइन उल्लेख भएको पोस्टरमा विपिन कार्की, अर्पण थापा, केकी अधिकारी चित्रित छन् ।

बालकलाकार समेत फिचर्ड पोस्टरले चरित्र र उनीहरुको मनोदशालाई चित्रण गर्छ । रातो रङ पछाडि पोतिएको गाउँको तस्वीरले फिल्मको सेटिङ दर्शाउँछ । निर्देशक सुदर्शन थापाले रातो रङको अर्थ विद्रोह रहेको बताए ।

‘फिल्मभित्र समाज, संस्कृति, भावना र सम्बन्धको विद्रोह छ । रातो रङले पात्रहरु लक्ष्य हासिल गर्न कसरी संघर्षरत छन् भन्ने चित्रण गर्छ,’ पोस्टर डिजाइनको अवधारणाबारे निर्देशक थापाले भने ।

२०७५ सालमा रिलिज भएको ‘प्रसाद’को दोस्रो श्रृंखला रहेको फिल्मले प्रेम, जातीय असमानता र सामाजिक मूल्यविरुद्ध हुने विद्रोहको कथा भन्छ । दोस्रो श्रृंखलामा केकी अधिकारी र अर्पण थापाको प्रवेश भएको छ । विपिन कार्कीको अपोजिटमा देखिएकी केकीको मुडलाई समेत पोस्टरले उतारेको छ । सुशील पौडेलले पटकथा लेखेका छन् । यसपटक कास्कीको ल्वाङ गाउँमा खिचिएको फिल्मले शुक्रबार ट्रेलरसहित प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

सुवास थापा प्रस्तुतकर्ता रहेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । निर्माणमा एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनले सहकार्य गरेका छन् । प्रेम कथाका फिल्ममा पहिचान बनाएका निर्देशक थापाले यसअघि आफ्नो ब्राण्डेड जनराबाट पछि हटेर क्राइम थ्रीलर ‘धन्दा’ निर्देशन गरेका थिए । ‘धन्दा’ले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । यसपटक सुदर्शनले सोही शैलीलाई पछ्याउँदै ‘प्रसाद २’ निर्देशन गरेका हुन् । यसले पनि सकारात्मक समीक्षा प्राप्त गर्नेमा उनी आशावादी छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment