Search

दोलखा नेपाल (नेवार) भाषा सरक्षण, सम्वद्र्धनका चुनौती र सम्भावना

दोलखा नेपाल (नेवार) भाषा सरक्षण, सम्वद्र्धनका चुनौती र सम्भावना

पृष्ठभूमीः
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु तथा आफ्नै नेवारी मातृभाषा, धर्म संस्कृति रहेको दोलखा जिल्ला स्थित प्राचिन शहर दोलखा नेपालमा मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं ।

नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको मानिन्छ । अर्शुवर्माको समयमा भोट संग नेपालको सम्बन्ध कायम भएको र भोट मार्फत तिब्बतसंग पनि नेपालको सम्बन्ध कायम भएको पाईन्छ । नेपाल र तिब्बत बीचको ब्यापारीक मार्ग खुलेपछि चीन र भारत बीच आवत जावत गर्ने बाटो पनि नेपाल कायम भएको पाईन्छ ।
मल्लकालमा डेढसय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।

वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा शहरका राजा जयइन्द्रसिंह देवले नेपालराज्य कै पहिलो चा“दीको सिक्का निकालिएको थियो । जुन चा“दीको सिक्का हिन्दू राज्यको सबभन्दा सुन्दर चाँदीको सिक्का रहेको थियो । यसरी आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए, जुन तथ्यलाई सावित गर्न ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरु आजसम्म पनि विद्यमान रहेको छन् ।

दोलखामा किरा“तहरुले शासन गरेको र किरा“तहरुको बस्ती रहेको स्थानहरु तथा बिभिन्न देव–देवालय मठ–मन्दिरहरु रहि रहेको पाईएको छ । दोलखा भीमसेन नेपालका शाहवंशीय राजपरिवारका साथै सम्पूर्ण नेपाली जनताका आराध्य इष्टदेव रहेको छ ।

बिक्रम सम्वत १५३८ मा यक्षमल्लको मृत्यु पछि नेपाल उपत्यकाको राज्य बिभाजन भई ३ स्वतन्त्र राज्यहरुमा टुक्रियो । यक्ष मल्लको शासनकालमा रहेको उपत्यकालाई “नेपाल मण्डलेश्वर” भनिन्थ्यो र तिनको सन्तानहरु आफुलाई नेपालेश्वर भनिन्थे । यस नेपाल उपत्यका भित्र राजनैतिक अस्थिरता आउ“दा पाल्पामा सेन राजाहरुको अस्थित्वले विशेष प्रभुत्व जमाएको थियो ।

बाईसी चौविसी राज्यहरु त भरखर भरखर बामे सर्ने र राज्य सिर्जना गर्ने दिशातिर अग्रसर भएका थिए । तर उपत्यकाबाट झण्डै २२ कोस पूर्व उत्तरमा पर्ने दोलखा राज्य आर्थिक सम्पन्ता र बलियो राज्यको रुपमा विकसित भएर त्यसताकाका शासक उदयदेवको पालामा “दोलखाधिपती” को आसनमा स्वतन्त्रराज्यको खडा भएको थियो ।

नेपालको इतिहास निमार्णमा बाबुराम आचार्यले दोलखाको ऐतिहासिक अस्तित्वको शंखनाद पश्चात् धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठको अथक प्रयासबाट वि.स. २०३१ सालमा दोलखालाई इतिहासको पानाभित्र राखिराख्ने जमर्को स्वरुप “दोलखाको ऐतिहासिक रुपरेखा” तयार भयो ।

दोलखाको ऐतिहासिक पृष्ठभूमीलाई हेर्दा नेपालको इतिहासमा जवसम्म “दोलखाको ईतिहास पुरा हुंदैन तवसम्म नेपालको ईतिहास अधुरो हुन्छ” भन्ने ईतिहासकार बाबुराम आचार्यको भनाई रहेको छ ।
दोलखाको नामाकरणमा जस्तोसुकै किम्बदन्ती रहेतापनि ऐतिहासिक, धार्मीक एवं महत्वपुर्ण पर्यटकिय स्थलको रुपले प्रख्यात रहेको पाउँछौं । जवदेखि केन्द्रमा किराँतहरुको शासन चल्यो त्यस बेला देखिनै किराँतहरु उपनिदेश कायम गर्न आई बसेको तथ्य त्यसताकाका किराँतकालिन, मल्लकालिन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबारहरुले प्रमाणीत गरेको पाईन्छ ।

दोलखा नेपाल (नेवार) भाषाको उत्पत्तिः
द्वाल्खा नेपाल भाषाको उत्पती कसरी भयो र यो भाषा कसरी प्रयोगमा आएको छ भन्ने यथेष्ठ तथ्य सत्य अझसम्म पनि भेटिएको छैन । किम्वदन्तीमा जे जस्तो भएपनि नेपाल भाषामा सबभन्दा पुरानो भाषा द्वाल्खा नेपाल भाषालाई लिएको पाईन्छ । तर यसको खोज अनुसन्धानको क्रमभने यथावत अगाडी बढीरहेको छ ।

लोककिम्वदन्ती अनुसार द्वापर युगको अन्त्यतिर पाँच पाण्डव यहाँ आई गुप्तवास बसेको भन्ने भनाई रहेकोछ र त्यसरी गुप्तवास बस्दा अरु कसैले थाहा नपाउनका लागि छुट्टै गोप्य भाषा बोल्नमा प्रयोगमा ल्याएको भाषा नै अहिलेको द्वाल्खा नेपाल (नेवार) भाषा हो भन्ने भनाई रहेको छ । तर यसको लिखित अभिलेख भने अझसम्म पनि फेला परेको छैन ।
ईतिहासमा उल्लेख भएनुसार दोलखा कहिले कान्तिपुर राज्य अन्तर्गत, कहिले भक्तपुर अन्तर्गत पदथ्यो र कहिले स्वतन्त्र राज्यको रुपमा संचालन भएको देखिन्छ । यसरी दोलखा स्वतन्त्र राज्यको रुपमा संचालन हुंदा पूर्वमा तामाकोशी, पश्चिममा सुनकोशी, उत्तरमा तिब्वतको सिमाना र दक्षिणमा सिधुलीगढीसम्म फैलिएको देखिन्छ र हालको दोलखालाई तत्कालीन अभयपुर राज्यको नामले प्रख्यात रहेको पाईन्छ ।

मल्लकालिन समयमा दोलखा एक स्वतन्त्र राज्यको रुपमा संचालन हुंदा यहाँका राजा–रानी, भाइ–भारदारहरुले द्वाल्खा नेपाल भाषाको प्रयोग गरेको पाईन्छ । जस्तै तुफि ग्वँस (कुचो जुङ्गे), च्वाफे ग्वँस (खरेटो जुङ्गे), हाई हाई राजा, सुई सुई डोल्मा, शहर देउ, सा स्याङ जोर, थाँतकोट आदी । नेपालको एकिकरणको सिलसिलामा दोलखाका राजाले आफ्नो छोराले पृथ्वीनारायण शाह संग मिलि दोलालघाटमा सन्धी ग¥यो भन्ने रिसले सा स्याङ जोर भन्ने खोल्सामा आफ्नो छोरालाई मारेको र यो कुरा जनताहरुले थाहा नपाओस भनी ढाकछोप गर्न त्यहाँ एउटा गाई मारेको हुनाले गाई मारेको खोल्सा अर्थात सा स्याङ जोर नामाकरण भएको भन्ने भनाई रहेकोछ । यस्तै गरी थाँतकोट भनेको त्यसताका राजाहरुको सेनाको एक मोर्चा भन्ने जनाउँदछ ।

दोलखामा पाईएका पुराना शिलापत्र, ताम्रपत्र, ताडपत्र र चिठीपत्र आदीलाई केलाएर हे¥यौ भने दोलखाको नेपाल भाषा र उपत्यकाको नेपाल भाषामा त्यति भिन्न देखिन्दैन । तर बोलीचालीमा भने केही फरक रहेको पाईन्छ । तर कति ठाउँमा भने उपत्यकाको नेपालभाषाबाट उल्लेख गरेको पाईन्छ ।


“…..दिवंगत पुत्र कुसुमयात उदेशान माम अभित लक्ष्मीन् थ्व हाँथो सुवर्णमय याङ भैरब मुर्ति दयका । थो कुहुमोक दिन जुरो शुभ “पुन थव किजा हर्षमान चिता याङा जुगे ।”

त्यसै गरी ने.सं. ६८८ को सुवर्णपत्रको एक अंश
“थ्वते ह्मसधा प्रमुख राजत्व समश्रवचन श्री श्री श्री देवर दर्शन ह्याय आर्दन हु कार्ज ह्यास्यनी … … प्रजासन थमि आदि नयाके जाथ्व के थ्व चतिवाहिकन समस्ते तोरता जुरो”

यसै गरी दोलखामा अंशवण्डा आदि सम्वन्धी पुराना कागजपत्रहरुमा पनि पाईएका छन् । ति पनि नबुझिने छैनन् । उदाहरणको लागि त्यस्तो एकपत्रको अलिकता अंश यहाँ उद्घृत गरिन्छ ।
“… … … श्री राजत्य समुचयस अग्रस व्यहालछें श्रीलुगुदेव भाज्र्या मदनमैनत्वं पुत्र चेदराम पुत्री जलमुनी नेह्मसन अर्थस ग्राम वासादि वलीवत यीनायास श्रीलुगुदेवस्य थौते श्रीराजत्व समुचयस ग्रस ज्येष्ठ माता श्री रुपनारायणदेवस आज्ञा कास्यं पुत्र चद्र्रगम पुत्री जलमुनी नेह्मसन वलीवन्त पति चीस्यं प्रसन्न जुलङ भाषा धोते ।”
यसै गरी सिन्धुपाल्चोक जिल्लाको तौथली, जेठल, लिस्तीकोट र काभ्रेपलाञ्चोक जिल्लाको दुतिमा द्वाल्खा नेपाल भाषाको प्रयोग भएको पाउँछौ । तर केहि शब्द अर्थात वाक्यहरुमा उचारण र प्रयोगमा भिन्न पाईन्छ । यसरी नै नेपालको बिभिन्न जिल्ला, स्थानहरुमा नेवार समूदायको बसोवास रहेको छ ।

जस्तो उपत्यकाका तिन जिल्ला काठमाण्डौं, ललितपुर र भक्तपुर (येँ, यल अनि खोप) र द्वाल्खा बाहेक मकवानपुरको भीमफेदी, सिन्धुलीको सिन्धुलीघडी, रामेछापको बगेरी, दोलखाको ठोसे मेक्चन, नुवाकोटको दरबार क्षेत्र, धादिङको सुनौलो बजार, सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको धुलिखेल, बनेपा, बन्दीपुर, धनकुटाको पुरानो बजार, तल्लो कोप्चे, माथिल्लो कोप्चे, चैनपुर, पाल्पा आदी ठाउँहरुमा नेवार बस्ती रहको पाउँछौ ।

विशेषतः यहाँका नेवार जातीहरुले नेपाल भाषा नै बोल्ने गरेको पाईन्छ । तर कतिपय जिल्ला एवं बस्तीहरुमा नेवार जातिहरुले नेपाल भाषाको प्रयोग गरिएको पाईन्दैन । र बोलेको ठाउँमा पनी स्थान विशेषले गर्दा केही अप्रभंस भएको पाईन्छ । किन भने कति ठाउँमा त एकठाउँबाट अर्को ठाउँमा नेवार समूदायहरु बसाई सराई गएको र जहाँ बसाई सराई हुन्छ त्यहाँ बिभिन्न जात, जातीहरु संग सम्पर्क समन्वय हुने अनि प्रायः गरी खस भाषाको प्रयोग गर्ने गरिएकोले नेपाल भाषा बोल्न कठिनाई भएको निष्कर्श रहेको छ ।

यसरी नेपाल भित्र बाहिर जति पनि नेवार समूदायहरु बसोबास गरेको भएपनि उपत्यकाको नेवार जाति र द्वाल्खाको नेवार जातिले बोलेको नेपाल भाषा भन्दा अरु भिन्न भाषा नभएको भाषा बिद्हरुको भनाई रहेको पाईन्छ ।
यसै गरी उपत्यकाको नेपाल भाषा पुरानो अर्थात द्वाल्खाको नेपाल भाषा पुरानो भन्ने बारेमा ईतिहासकार एवं संस्कृतिविद् शताब्दी पुरुष दिवंगत सत्यमोहन जोशीले उपत्यकाको नेपाल भाषा भन्दा द्वाल्खाको नेपाल भाषामा शुद्धता र मौलिकता रहेको तथ्य सार्वजनिक गरी सक्नु भएको छ । यस अवस्थामा अन्य थप सत्य तथ्य अनुसन्धानको जिम्मेवारी हामीमा आएको छ । जसको लागि स्थानिय निकाय भिमेश्वर नगरपालीका र वडा नं. २ को कार्यालयले अग्रसरता लिनु पर्ने देखिन्छ ।

भाषाको महत्वः
आफ्नो भाषा, आफ्नो मातृभुमी प्राण भन्दा प्यारो हुन्छ । जुनसुकै राष्ट्रिय, अन्तर्राष्ट्रिय भाषा सिकेपनि आफ्नो मातृभाषा त्यतिकै महत्वपूर्ण रहेको हुन्छ । कुनै पनि जात जातिको आफ्नो मातृभाषा भनेको तिनिहरुको अमुल्य सम्पत्ति अनी आफ्नो जातिय पहिचान हो । किन भने मातृभाषाले आफ्नो जातिय पहिचान दिनुका साथै गौरब कायम गर्दछ । यसको साथ साथै भाषा एउटा आफ्नो अस्थित्वको परिचय दिलाउने बाटो पनि हो । हाम्रो देश नेपालमा धेरै जातजाति रहेका छन् भने सबै जातजातिको आ–आफ्नै भिन्ना भिन्नै भाषा, संस्कृति, कला कौशल कमै मात्र भएको पाउँछौ । आफ्नो भाषा, संस्कृति अनि कला हुने जाती अरु जाति भन्दा धनी हुन्छन् । यसरी विश्लेषण गरी ल्याउदा दोलखा परापुर्वककाल देखिनै अरु ठाउँको तलनामा धेरै कुराले धनी अनि सम्पन्न ठाउँ भनेर चिनिन्छ । यहाँको मौलिक नेपाल भाषा अरुको भन्दा भिन्न र मौलिकता रहेको छ ।

दोलखा नेपाल भाषामा प्रकाशित पत्र–पत्रिका तथा लेख रचनाहरुः

दोलखा नेपाल (नेवार) भाषाको संरक्षणः
दोलखाको नेपाल भाषामा करिव लगभग करिव साढे चार दशकभन्दा अगाडी कुनै लिखित साहित्य भेटिएको छैन । यस्तो हुंदा हुंदै पनि मल्लकालिन शासनकालमा बिभिन्न ताम्रापत्र, शिलापत्र अनि भोजपत्रहरु प्रशस्त भेटिएका छन् । त्यसै गरी अलिखित दोलखाको नेपाल भाषाबाट भजन, गित, लोककथा भने अझै जिवितै पाइएको छ । यसै गरी दोलखा नेपाल भाषाको संरक्षणको लागि करिव साँढे चार दशकको बिचमा निम्न अनुसारको लेख, रचना, कथा, कविताहरु प्रकाशनमा आउनुका साथै बिभिन्न समयमा दोलखा नेपाल भाषामा गोष्ठि, अन्र्तक्रिया कार्यक्रम अनि विद्यावारिधि गर्ने महानुभावहरु दोलखामा रहेका छन् । यसरी दोलखाको नेपालको संरक्षणको क्रममा वि.सं. २०३१ सालमा जव ईतिहासविद् धनबज्र बज्रचार्य र टेकबहादुर श्रेष्ठले दोलखाको ऐतिहासिक रुपरेखा तयार प्रकाशनमा ल्यायो त्यतिबेलादेखिको मात्र दोलखा नेपालभाषाको लिखतहरु फेला परेको पाईन्छ । जसअनुसार पत्रपत्रिकामा प्रकाशित लेख रचना र सभा, गोष्ठीहरु महत्वपूर्ण रहेको देखिन्छ ।

  • वि.सं. २०३१ सालमा प्रकाशित दोलखाको ऐतिहासिक रुपरेखामा अमर कुमार प्रधानद्वारा लिखित
    राजकुमारी कस्को ? (राजकुमारी गुने ?) ।
  • वि.सं. २०३१ सालमा विद्यार्थी जागरण मञ्चमा श्री तिर्थनारायण जोशीद्वारा लिखित एक एक थोपा मिलि सागर बन्छ । (थिटिक थिटिक मिलई जुयन सागर बनई जुर)
  • वि.सं. २०३५ सालमा चुडामणी बन्धु, रामप्रसाद र दैवज्ञराज न्यौपानेहरुले दोलखा नेपाल भाषाको भाषा सर्भेक्षण गरी त्रिभुवन विश्व विद्यालयमा प्रतिवेदन प्रस्तुत ।
  • वि.सं. २०३८ सालमा दोलखा सन्देशमा यकु श्रेष्ठद्वारा अनुवादन गरिएको जिवनको स्वागत
    (जिवनय स्वागत)
  • बि.सं. २०४१ मा डा. रूद्रलक्ष्मी श्रेष्ठले दोलखा नेपाल भाषामा विद्यावारिधी प्राप्त गर्नु भयो ।
  • वि.सं. २०४१ सालमा अमरकुमार प्रधानद्वारा अनुवादन गरिएको दुई तीन वटा क्यान्भासको घेराभित्र (निस्कु, स्वकु क्यान्भासय घेरा दुपान) ।
  • वि.सं. २०३४ सालमा पूर्णकाजि ताम्राकारले लेखेको दोलखा व येँ यानेवा भाय् ।
  • वि.सं. २०३५ सालमा ईन्द्रमालीले दोलखा भाषी व छुँ ।
  • श्री इन्द्र मालीले ने.सं. ११००, (वि.सं. २०३७) सालाम दोलखा भाषिकाया क्रियापद छगू अध्ययन प्रकाशन गर्नुभयो ।
  • नेपाल सम्वत् ११०६ वि.सं. २०४३ सालमा प्रेम सायमी र हरि मोहन श्रेष्ठको संयुक्त प्रयासमा दोलखा नेपाल भाषामा दोलखाको नेपाल भाषा संग्रह, केहि वाक्य प्रयोग तया विश्लेषणसहितको ‘दोलखाया नेपालभाषा खँपु मुना’ पुस्तक प्रकाशन गर्नुभएको छ ।
  • वि.सं. २०४४ इ.सं.१९८७ मा Verb Conjugation in Dolkha Dialect at Newari
  • वि.सं. २०४४ इ.सं. १९८७ मा श्री काशीनाथ तमोटले त्ष्दTibeto Burman Prohibitive Prefix in Dolakha Newari विषयक कार्यपत्रहरु CLSN कीर्तिपुरको विभिन्न गोष्ठीमा प्रस्तुत गरिएको हो । यसबाट दोलखा भाषिकाले भन्दा अन्य भाषिकाले दोलखा नेवारी भाषाप्रति धेरै चासो दिएको देखिन्छ र दोलखालीले नै आप्mनो भाषाप्रति चासो नदिएको हो कि भन्ने देखिन्छ तर सतप्रतिसत यसलाई सत्य मान्न सकिन्न ।
  • वि.सं. २०४६ मा Verb  Inflectional in Dolakha Dialect of Nepalbhasa (Rolamba vol II)
  • वि.सं. २०४७ सालमा यज्ञकुमार प्रधानद्वारा दोलखाली नेवारी भाषामा कुरा (द्वाल्खाय नेवारी खँ कु खँ) ।
  • वि.सं. २०४७ सालमा डा. क्यारोल इ.जिन्नेटी–अमेरिका (क्यालिफोनीया) जिन्नेटीन ओरिगन विश्व विद्यालयबाट दोलखा भाषाको अध्ययन गरी “A Discriptive and historical account of the Dolakha Newari Dialect” नामको किताब प्रकाशन गरेको छ । अर्थात दोलखा नेपाल भाषामा शोधपत्र तयार गरी विद्यावारिधी गर्नु भएको छ । यो पुस्तक पछी प्रकाशित भयो ।
  • वि.सं. २०५१ मा अमेरिकी नागरिक क्यारोल इ जिनेटे दोलखाको नेपाल भाषा सम्वन्धमा शोधपत्र लेखी विद्यावारिधी हासिल गरेको छ ।
  • महेश श्रेष्ठले लेखेको थिपुल सोउले नस्कनकु लयको द्वाल्खा नेवारी भाषाको गित प्रकाशन ।
  • ललितपुर पाटन निवासी श्रीमती रुद्रलक्ष्मी श्रेष्ठले ने.सं. १११६, वि.सं. २०५३ मा दोलखाको नेपाल भाषासम्बन्धमा ‘दोलखा नेवाः भाय्या वर्णनात्मक अध्ययन’ विषय राखी त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभयो ।
  • वि.सं. २०५३ बाट तिर्थनारायण जोशी र प्रविण प्रधानद्वारा सम्पादित अनि प्रकाशित दोलखा नेपाल भाषा पत्रिका कुल्सी मासिक पत्रिका प्रकाशन ।
  • वि.सं. २०५३ सन १९९६ मा A Dialectical Deffences between Patan and Dolakha Dialect on Newari on grammatical level
  • वि.सं. २०५४ मा Honorific Verb Terma in the Dolakha Dialect of Nepalbhasa .
  • वि.सं. २०५७ साल बैशाख महिनाबाट उपेन्द्र प्रधानद्वारा सम्पादित अनि प्रकाशित दोलखा नेपाल भाषा पत्रिका बाँपिझ्याला मासिक पत्रिका प्रकाशन ।
  • वि.सं. २०५७ सालमा द्वाल्खा नेपाल भाषा खलकको सम्पादन अनि प्रकाशनमा भाषिक अधिकारय् राष्ट्रिय घोषणा–पति नेपाल सम्वत् ११२० प्रकाशन ।
  • वि.सं. २०५७ सालमा ‘दोलखा भाषिकाया खँग्वः पुचः’ र ‘दोलखा नेवाः भाय्या क्रिया ः छगू अध्ययन’ नामक पुस्तक प्रकाशन गर्नुभयो ।
  • २०५८ सालमा ईन्दु प्रधानद्वारा दोलखाली लोकगितको संकलन, बर्गीकरण र विश्लेषण शिर्षकमा शोधपत्र तयार गरी त्रिभुवन विश्व विद्यालयमा प्रस्तत ।
  • वि.सं. २०६१ भाद्र महिनाबाट यज्ञकुमार प्रधानद्वारा सम्पादित अनि प्रकाशित दोलखा नेपाल भाषा पत्रिका अभयुपर मासिक पत्रिका प्रकाशन ।
  • वि.सं. २०६४ सालबाट राष्ट्रिय दैनिकि गोरखापत्रमा आर्दश नारायण प्रधानको सयोजनमा पाक्षिक रुपमा दोलखा नेपाल भाषाबाट लेख, कथा, कविता प्रकाशन ।
  • वि.सं. २०६५ साल कार्तिक १२ गते द्वाल्खा नेपाल भाषा खलकद्वारा त्रिलोचन प्रधानको संयोजकत्वमा द्वाल्खा नेपाल भाषाबाट पहिलो पटक निकालिएको गिती क्यासेट “स्याउदाई” को विमोचन तथा प्रकाशन ।
  • वि.सं. २०६५ सालमा द्वाल्खा नेपाल भाषा र नेप्लीज फेसन होमको सहयोगमा त्रिलोचन प्रधानबाट ए.वि.सि. एफ. एम. को १००.६ थोप्ला मेगाहर्जबाट द्वाल्खा नेपाल भाषाबाट कार्यक्रम संचालन ।
  • वि.सं. २०६६ साल असोज १० गते युवा गायक दिपक श्रेष्ठ र विराजमान श्रेष्ठको सक्रियतामा द्वाल्खा नेपाल भाषाबाट दोश्रो पटक निकालिएको गिती क्यासेट “ईतार” को विमोचन तथा प्रकाशन ।
  • बि.सं २०६७ साल भाद्र ८ गते युवा कवि सोमकृष्ण श्रेष्ठद्वारा लिखित “माय् खोवी” नामको कविता संग्रह पुस्तक बिमोचन तथा प्रकाशन ।
  • बि.सं. २०६९ साल असोज २६ गते शुक्रबार उपेन्द्र प्रधानको सम्पादनमा द्वाल्खा नेपाल भाषा खलक र ग्रामीण सामूदायिक विकास परिषद् दोलखाको सहयोगमा द्वाल्खा नेपाल भाषा बाट प्रकाशित शव्दकोष (खँकुठी) विमोचन तथा प्रकाशन ।
  • वि.सं. २०७५ साल कार्तिक १६ गते शुक्रवार कालिञ्चोक युवा क्लव दोलखाको सहकार्यमा त्रिलोचन प्रधानको संयोजनमा “भाग्यमानी” गितको विमोचन तथा प्रकाशन ।
  • २०७७ साल असोज १ गतेदेखि बाँपीझ्याला मिडियाको प्रकाशनमा बाँपीझ्याला डटकम अनलाईन
    (दबmउष्वजथबबि।अयm) पत्रिका संचालनमा ल्याएको छ ।
  • २०७९ साल कार्तिक १ गतेदेखि बाँपीझ्याला मिडियाको संचालन र समकालिन एकता समाज नेपालको व्यवस्थापनमा बाँपीझ्याला–द्वाल्खा अनलाईन टेलिभिजन संचालनमा ल्याएको छ ।

    दोलखा नेपाल भाषामा गोष्ठी तथा अन्र्तक्रिया कार्यक्रमहरुः
    • वि.सं. २०४३ साल बैशाख २७ गते तिलिञ्चो परिवारको आयोजनामा दोलखा शहरमा दोलखा नेपाल भाषामा साहित्य, गोष्ठी सम्पन्न । जुन कार्यक्रममा काशिनाथ तमोटको उपस्थिती रहेको थियो ।
    • वि.सं. २०४७ साल चैत्र ९ गते प्रगतीशील समाज दोलखाको आयोजनामा ललितपुरको ईन्जीनियरिङ क्याम्पसमा “आफ्नो मातृभाषालाई जोगाई राखौ” भन्ने शिर्षकमा विचार गोष्ठी सम्पन्न । उक्त बिचार गोष्ठीमा डा. रुद्रलक्ष्मी श्रेष्ठले दोलखा नेवार भाय् वा येँ, यल नेवा भाय् वा भाषिका भेद अर्थात दोलखाको नेपाल (नेवार) भाषा काठमाण्डौं पाटनको नेपाल (नेवार भाषा) का भेद सम्वन्धमा कार्यपत्र प्रस्तुत ।
    • वि.सं. २०६४ असोज १७ मा काठमाण्डौंमा द्वाल्खा नेपाल भाषा खलक र बाँपिझ्याला खलकको संयुक्त आयोजनामा दोलखाली युवाहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।
    • बि.सं. २०६५ जेठ १५ गते संविधान सभाको बैठकमा दोलखा क्षेत्र नं. २ बाट ने.क.पा. माओवादीको तर्फबाट निर्बाचित संविधान सभासद् हेम श्रेष्ठबाट दोलखा नेपाल भाषाबाट सपथ ग्रहण ।
    • वि.सं. २०६६ साल जेष्ठ २३ गते द्वाल्खा नेपाल भाषा खलकको आयोजनामा दोलखा, तौथली, जेठल, लिस्ती र काभ्रेपलाञ्चोकको दुतीका नेवार समूदाय नेपाल भाषा, नेवार समूदाय विच समन्वय गर्ने बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
    • २०७१ साल श्रावण १७ गते, शनिबारको दिन “द्वाल्खा नेपाल भाषाय संरक्षणकु द्वाल्खावासीपे भूमिका” शिर्षकमा ईन्द्रेणी ब्यान्केट नयाँबजारमा दोलखावासीहरुको बिचमा बाँपीझ्याला मिडियाको सक्रियतामा अन्र्तक्रिया गोष्ठी सम्पन्न ।
    • वि.सं. २०७९ साल माघ १४ गते बाँपीझ्याला मिडिया प्रा.लि. र भिमेश्वर नगरपालीकाको साझेदारीमा “द्वाल्खा नेपाल भाषा र यसको संरक्षण” विषयमा काठमाण्डौं नयाँवजार स्थित एवान क्याफेमा दोलखा, तौथल, जेठल र लिस्तीकोटवासी विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।
    • वि.सं. २०७९ साल माघ २०–२१ गतेसम्म बाँपीझ्याला मिडिया प्रा.लि. र भिमेश्वर नगरपालीकाको साझेदारीमा प्राचिन शहर दोलखा “द्वाल्खा नेपाल भाषा र यसको संरक्षण” बिषयमा दोलखावासी नेवार समूदायका सदस्यहरुबिच दुईदिने अगुवा तालिम प्रशिक्षण कार्यक्रम सम्पन्न ।

    दोलखा नेपाल (नेवार) भाषा सम्वद्र्धनका चुनौती र सम्भावना :
    सम्वद्र्धनका चुनौतीः

    किराँतकाल, लिच्छवीकाल र मल्लकालको ईतिहासलाई नियालेर हेर्ने हो भने दोलखा नेपाल भाषाको विकासमा आफ्नै मौलिक महत्व अनी विशेषता रहेको पाईन्छ । तर जव पृथ्वीनारायण शाहले नेपाल एकिकरण ग¥यो त्यसपछी नेवार जातिले बोलिने नेपाल भाषालाई विस्तार विस्तार पछाडी हटाउर्दै गएको पाईन्छ । नेपाल एकिकरण पश्चात धेरै जातिय भाषाहरुलाई ओझेलमा पारी खाली खस भाषालाई मात्र राष्ट्रिय भाषाको नामाकरण गरी प्राथमिकता दिएकोले गर्दा यो अवस्था आएको हो ।

    आप्mनो जन्मभूमी र मातृभाषा सबैलाई प्यारो हुन्छ जुन कुरा आफ्नो जातिय पहिचान संग जोडिएको हुन्छ त्यसैले यसको मौलिक विशेषता र भिन्न महत्व रहेको पाईन्छ । तर बस्ती विकास र बसाई सराईको कारण अनि अन्तरजातिय विवाहले गर्दा प्राचिन शहर दोलखामा नेवारी जातीको बाहुल्यता हुदाहुर्दैपनी दोलखाको नेवारी भाषा बोल्नेको संख्या दिन प्रतिदिन कम हुर्दै गएको छ ।

    यसै गरी हाल दोलखामा नेपाल (नेवार) भाषा बोल्नेहरुमा आप्mनो भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गर्नेहरुको संख्या पनी दिनप्रतिदिन बढ्र्दै गएको छ । यसमा हामीले आफुले गौरव गरेका हुन्छौं । तर यो सवै सचेतनाको कमीले गर्दा यस्तो अवस्था आएको हो ।

    यसरी बिभिन्न कारणहरुमध्ये मुख्य कारण दोलखावासी नव युवायुवतीले अन्तरजातीय बैबाहिक सम्वन्ध र भिन्न भाषीसँग वैवाहिक सम्बन्ध गाँसेको कारणले उनीहरुको सन्तानलाई आप्mनो मातृभाषा सिकाउनु नजान्नु केही हदसम्म स्वभाविक पनी देखिएको छ । दोलखावासी युवायुवतीवीच बैबाहिक सम्वन्ध भएकाहरुमा पनी आफ्ना सन्तानलाई आप्mनो मातृभाषा नसिकाउनु र आफ्नो भाषिकसँग आप्mनो भाषा प्रयोग गरी कुरा नगरी खस भाषा लगायत अन्य भाषाको प्रयोग बढी हुनु रहेको छ । यी आदी कारणहरुले गर्दा दोलखाको नेपाल (नेवार) भाषाको संरक्षणमा चुनौती देखिएको छ । यसको लागि भिमेश्वर नगरपालीका अर्थात स्थानिय निकायले बार्षिक कार्य तालिका बनाएर नगरपालीका भित्रका नेवार, तमाङ, थामी, गुरुङ र शेर्पा जातीको मातृभाषाको संरक्षणको लागि विशेष पहल गर्नु पर्ने देखिन्छ । यसै गरी दोलखाको नेपालभाषा, मौलिक संस्कृतीको खोज अनुसन्धान गर्न जरुरी रहेको छ ।

    दोलखा नेपाल भाषा संरक्षणका सम्भावना :
    दोलखा नेपाल भाषा संरक्षणका सम्भावनाहरु निम्न रहेका छन् ।

    • सवभन्दा पहिले आफ्नो छोराछोरी जन्मेपछी हुर्कर्नेक्रममा आमाले आफ्नो काखको छोरा छोरीहरुलाई मातृभाषाबाट बोलिचालीलाई निरन्तरता दिनु पर्छ ।
    • कुरा बोल्न जान्ने भएपछी मातृभाषाको महत्व र औचित्यमाथी आमा बुबाले बुझाउनु पर्छ । सोही अनुसार जानकारीमुलक क्रियाकलापहरु अगाडी बढाउनु पर्छ ।
    • प्राथमिक तह स्कुलदेखि कम्तीमा दिनमा एक प्रिडेट मातृभाषाको कलास संभव भएसम्म अनिवार्य यदी संभव भएन भने स्वेच्छिक रुपमा संचालनमा ल्याउनु पर्छ । यसरी अध्ययनमा ल्याउदा नेवारी जाती बाहेक अन्य जातीका छोराछोरीले नेवारी भाषा सिक्नको लागि अभिप्रेरित हुन सक्छ ।
    • दोलखावासी नव युवायुवतीले अन्तरजातीय बैबाहिक सम्वन्ध र भिन्न जातीसँग वैवाहिक सम्बन्ध गाँसेको भएतापनी उनिहरुलाई आफ्नो दोलखाको नेवारी भाषा (मातृभाषा) सिकाउन अभिप्रेरित गर्नु पर्छ । यसको लागि द्वाल्खा नेपाल भाषा जानको परिवारका अन्य सदस्यहरुले सिकाउन पहल गर्नु पर्छ ।
    • यसरी आमा र बुबा अन्तरजातिय भएको भएतापनी बच्चाको आमा–बुबाले आफ्नो छोराछोरीलाई आफ्नो मातृभाषा सिकाउन प्रयास गरी सचेतना दिलाउन गुरुको भूमीका निर्वाह गर्नु पर्छ ।
    • यसै गरी नव दुलही बुहारीहरुको लागि दोलखा नेपाल भाषा प्रशिक्षणको व्यवस्था गर्नु पर्छ ।
    • दोलखा नेपाल भाषामा अनलाईन पत्रिका, मासिक पत्रिका, पाक्षिक, मासिक पत्रपत्रीकाहरु सचेतनामूलक सामाग्रीहरु राखी प्रकाशन गर्नु पर्छ । प्रकाशन, संचालनमा रहेका पत्र–पत्रीका, अनलाईन पत्रिका र अनलाईन टेलिभिजनको प्रबद्र्धनको लागि आफ्नो आफ्नो ठाउँबाट सहयोग गरी सद्भाव राख्नु पर्छ ।
    • दोलखा नेपाल भाषाबाट सार्वजनिक गरिएका श्रव्यदृश्य गित, फिल्महरुलाई व्यवहारमा ल्याई हेर्ने बानी बसाल्न प्रयास गर्नु पर्छ । यसै गरी नयाँ नयाँ प्रविधीको विकास सं–संगै आफ्नो मातृभाषाको प्रशिक्षणमा पनी विकास गर्दै लानु पर्छ ।
    • घरको परिवार अर्थात आफ्नो श्रीमतीले बच्चाहरुलाई आफ्नो मातृभाषा सिकाउनु नजान्ने अवस्था रहेमा आमालाई मातृभाषा सिकाउन बुबाले प्रयास गर्नु पर्छ ।
    • आफ्नो जातिय भेला, सभा सम्मेलन र बैठकमा मातृभाषाको प्रयोगबाट संचालन गर्न पहल गर्नु पर्छ ।
    • मातृभाषा हामी सवै नेवार जातिको पहिचान भएकोले यसको संरक्षण गर्नु हामी सवैको जिम्मेवारी अनी दायित्व भित्र पर्दछ भनी बुझ्न आवश्यक रहेको छ ।
    • साथीभाई, ईष्टमित्र र घरमा आउने आफन्त, दाजुभाई र दिदीबहीनीहरुमा हामीले आफ्नो मातृभाषाको प्रयोगबाट स्वागत सत्कार गर्नु पर्छ ।
    • दोलखावासी युवायुवतीवीच बैबाहिक सम्वन्ध भएकाहरुमा पनी आफ्ना सन्तानलाई आप्mनो मातृभाषा नसिकाउनु र आप्mनो भाषिकसँग आप्mनो भाषा प्रयोग गरी कुरा नगरी खस भाषा लगायत अन्य भाषामा कुरा गर्नु दुःखको बिषय भएको छ । यसमा हामीले आ–आफुले सच्याउने प्रयास गर्नु पर्छ ।

    यी आदी क्रियाकलापहरु हाम्रो दैनिक जिवनमा आमा–बुबा लगायत परिवारका सदस्यहरुले शुरुवात गर्न सकेमा आफ्नो मातृभाषा संरक्षणमा सहयोग पुग्ने छ ।

    यसै गरी यसको संरक्षण गर्नु हामी सम्पूर्ण दोलखावासीहरुको जिम्मेवारी अनी दायित्व भित्र पर्दछ । यसरी जिम्मेवारी, कर्तव्य अनि दायित्व स्विकार गर्नेहरुको खाँचो रहेको छ । तर दिन प्रतिदिन बोलिचालीमा कमी आई हराउँर्दै गएको पाईन्छ । यहि कारणले अहिले जति हामी संग छ त्यसलाई संरक्षण गरौं प्रयोगमा आउन छोडेका बोलीलाई खोजी खोजी प्रयोगमा ल्याउनु नै आजको आवश्यकता रहेको छ । जसको लागि हामी सम्पूर्ण दोलखावासी एक ठाउँमा उभिन्न जरुरी रहेको छ ।

    दोलखामा नै बसोबास गर्नेबाहेक अन्यत्र वसोवास गर्ने दोलखावासीहरुमा आप्mनो मातृभाषा बोल्न कम हुँदै गएको प्रक्रियालाई रोक्नु पर्छ । यसरी हरेक ठाउँमा आ–आफुले सक्ने सहयोग गरी भाषा संरक्षणको सहयोगमा अघि बढ्नु पर्छ ।

    अर्को तर्फ दोलखाको नेपाल भाषा लिखित रुपमा सुरु भएको करिब साँढे चार दशक भएको अनुमान गर्न सकिन्छ । तर अझ पनि यथेष्ट लिखित रुपमा निस्कन सकेको छैन । यद्यपि दोलखाली नेवारी भाषामा कथा, कविता, समाचार पत्र पनि प्रकाशन भईरहेको छ । तर पढ्ने लेख्ने र आप्mनो भाषालाई सहयोग गर्नेहरुको कमीले गर्दा गति लिन सकेको छैनन् । यसरी प्रकाशन भईरहेकोलाई पनी भावनात्मक सहयोगको अभावले जटिलता बन्दै गएको छ । जसरी अन्य भाषाहरुमा किताब समाचार पत्र, गीत, भजन, शब्दकोश प्रकासन भईससकेको छ । द्वाल्खा नेपालभाषामा पनी शब्दकोष, भजन गीत, कथा, कविता प्रकाशन र अहिले बाँपीझ्याला मिडियाले बाँपीझ्याला डटकम नामबाट अनलाईन पत्रिका, बाँपीझ्याला–द्वाल्खा अनलाईन टेलिभिजन संचालनमा ल्याएको छ । यसरी दोलखा नेपालको भाषाको विकासक्रम बढी रहेको छ । तर यसले मात्र प्रचुरमात्रामा विकास गर्न सम्भव छैन । यसको लागि स्थानिय निकाय भीमेश्वर नगरपालीका र वडाले अग्रसरता लिनु पर्छ भने स्थानिय वासिन्दाहरुले चासो लिई महत्व दिनु पर्छ ।

    दोलखा नेपाल (नेवार) भाषा सरक्षण, सम्वद्र्धनका चुनौती र सम्भावनाको बारेमा स्थानिय जनप्रतिनिधी, प्रभुत्व व्यक्ती र दोलखावासीको भनाई के छ त ?
    आजभन्दा करिव ४५ बर्ष भन्दा अगाडीदेखि लिपिवद्ध रुपमा बाहिर आएको दोलखाको नेपाल भाषा दोलखावासीहरुको आफ्नै एक मौलिक भाषाको रुपमा परिचित रहेको छ । जुन भाषाले दोलखाको नेवार जातिलाई सम्वोधन गरेको हुन्छ । यस भाषाको आफ्नै एक विशेषता रहेको छ । यसरी आफ्नै मौलिकता रहेको “दोलखाको नेपाल (नेवार) भाषा सरक्षण, सम्वद्र्धनका चुनौती र यसको संरक्षण” को सम्भावनाको बारेमा हामीले कसरी सहयोग गरी सद्भावकासाथ अगाडी बढाउन सकिन्छ भन्ने बिषय मुल भएकोले यसबारेमा हामी सम्पूर्ण दोलखावासी नेवार समूदाय एक भएर अगाडी बढ्नु आजको एउटा मुख्य आवश्यकता रहेको छ । यसरी भाषालाई अगाडी बढाउन पहलकदमी गरेको खण्डमा यस संग सम्वन्धीत संस्कृती पनी अगाडी बढाउन सहयोग प्राप्त भएको हुन्छ ।
    यसै सन्दर्भमा हामीले प्राचिन शहर दोलखा जिल्ला समृद्ध भिमेश्वर नगरपालीकाका जनप्रतिनिधी, बुद्धिजिवी, लब्ध प्रतिष्ठित, समाजसेवी र भाषा प्रेमीहरुसँग जिज्ञासा राखेका थियो ।

    ईस्वरनारायण मानन्धर, नगर प्रमुख भिमेश्वर नगरपालीका, चरिकोट दोलखा
    भाषा भनेको कुनै पनी जातजातीको आफ्नो जातिय पहिचान भएकोले यसको संरक्षण गर्नु हामी सवैको जिम्मेवारी र दायित्व भित्र पर्दछ । सूचना प्रविधीहरुको विकास सं–संगै धेरै भन्दा धेरैकुराहरुमा विकासको अनुभव गर्न पाएका छौं । तर यसको साथ साथै हाम्रो आफ्नो मौलिकता हराउँर्दै गएको छ । यस मध्ये मातृभाषा पनी एक हो । यसै गरी दोलखाको नेवार जातीले बोलिने मातृभाषा पनी यसमा पछुतो रहन्न सकेको छैन । यसको संरक्षण गर्नको लागि सम्पूर्ण दोलखावासीहरु बिच एकतावद्ध भएर संरक्षणको अभियानमा लाग्नुको विकल्प अरु छैन ।

    दोलखाको नेवारी भाषामा समस्या देखिन्नुमा अन्तरजातिय बैबाहिक सम्वन्ध हो । यो यहाँको नेवारी जातीमा मात्र देखिएको समस्या होईन आदीवासी जनतामानै यो समस्या देखिएको छ । तर यसको समाधानको बाटो खोज्नु पर्छ ।

    यसरी भाषागत रुपमा जहाँ जहाँ समस्या देखा पर्दछ त्यहा त्यहा समाधानको बाटो खोजेर अघि बढ्नु पर्छ । मातृभाषा बोलीचालीलाई दैनिक व्यवहारको काममा प्रयोग गर्ने र गर्न लगाउने नयाँ नयाँ शब्दको खोजीमा तिव्रता दिने गर्नु पर्छ । बोलीचालीमा भईरहेको शब्दहरुको प्रयोग गर्दै नयाँ पिढीँहरुकाको लागि सिकाईको व्यवस्था गर्दै जानु पर्छ । मातृभाषा, संस्कृती प्रबद्र्धनको लागि अग्रसर भएका नेवारी भाषाका मिडिया, संघ–संस्था र व्यक्तिहरुलाई अगाडी बढ्न सहयोग गर्नु पर्छ ।

    भाषा संस्कृती र परम्परा भनेको कुनै एक व्यक्तीले मात्र संरक्षण गर्ने भनेर सम्भव नहुन सक्छ यसको लागी सामूहिक रुपमा लाग्नु पर्छ । फेरी जवजम्म हामीले कुनै पनी कुरालाई निरन्तरता दिन सक्दैनौं त्यसमा हामीले सफलता प्राप्त गर्न सक्दैनौं । यसै गरी दोलखाको नेवारी भाषालाई पनी प्रयोगमा ल्याउनु पर्छ । यसको लागि बोलीमा चालीमा निरन्तरता दिनु पर्छ ।

    सञ्चार क्षेत्रमा प्रचुरमात्रामा विकास भईरहेकोले अवस्था रहेको छ । यसबाट हामीले फाईदा लिनु पर्छ । अहिलेको जमाना भनेको घरबाट विश्व भ्रमण गर्न सक्ने प्रविधीको विकास भएको छ । अनलाईनबाट गर्न नसकिने भन्ने कुनै काम छैन । त्यसैले यसको लागि सिकाई र भोगाईको कार्य अनलाईनबाट गर्न सक्छौंं ।

    समृद्ध भिमेश्वर नगरपालीका भित्र रहेको दोलखाको नेवारी भाषा लगायत अन्य जातजातीको मातृभाषालाई संरक्षण, प्रवद्र्धन गर्दै भाषाको विकासको सम्भाव्यताको लागि सहयोग गर्ने नेपाल सरकारको निती रहेको छ र सोही अनुसार भीमेश्वर नगरपालीकाले पनी त्यही नितीमा रहेर दोलखाको नेवार जातीले बोल्ने नेवारी भाषा लगायत नगरभित्रका थामी भाषा, तामाङ भाषा, शेर्पा भाषा र गुरुङ भाषालाई सहयोग र सद्भाव उपलब्ध गराउनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । यसको लागि सवैले आ–आफ्नो ठाउँबाट सहयोगको आवश्यकता रहेको छ ।

    स्टालीन श्रेष्ठ, वडाध्यक्ष भीमेश्वर नगरपालीका वडा नं २, दोलखा
    नेपाल भित्र कुनै पनी जातजातीले बोलिन मातृभाषाको धेरै महत्व रहेको पाईन्छ । प्राचिन शहर दोलखामा बोलिने नेवारी भाषाको आफ्नै महत्व र मौलिकता रहेको पाईन्छ । जुन मातृभाषाले दोलखाको सिङ्गो नेवार जातीको प्रतिनिधित्व गरेको हुन्छ । अर्को तर्फ जातिय पहिचान र मौलिकतासँग भाषा, संस्कृती, परम्परा र जात्रामात्रा जोडिएको कारणले दोलखाको नेवारीभाषाको संरक्षण गर्न अति आवश्कता रहेको छ ।


    दोलखाको नेवारीभाषा दिनप्रतिदिन लोप हुर्दै हराउने स्थितीमा छ यसको मुल कारण भनेको बैबाहिक सम्वन्ध र स्थानिय वासिन्दाहरु विच बैबाहिक सम्वन्ध टाढा हुनु अर्को कारण रहेको छ । यसको निरन्तरताको लागि विशेषतः दोलखावासी नेवार समूदायले चासो लिनु पर्ने हुन्छ र बोलीचालीमा निरन्तरता दिनु पर्छ । सोही अनुसार सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ भन्ने मेरो व्यक्तीगत धारणा रहेको छ । यसै गरी भीमेश्वर नगरपालीका प्राचिन शहर दोलखाको नेवारी भाषा लगायत वडा नं. २ को तल्लो भेग, र माथिल्लो भेगमा रहेका तामाङ, थामी, शेर्पा र गुरुङ जातीले बोलिने मौलिक मातृभाषाको संरक्षण आवश्यकता रहेको छ ।

    यसको साथै स्थानिय निकायको जनप्रतिनिधी वडाध्यक्षको हैसियतले प्राचिन शहर दोलखाको नेवारी भाषा, संस्कृती, जात्रामात्राको संरक्षणको लागि आवश्यक पहल गर्नको लागि आफ्नो र वडा नं. २ को तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग उपलब्ध गराउन सहयोग गर्नुका साथै उक्त कार्यमा एक्बद्धता हुने भनाई व्यक्त गर्नु भयो ।

    विराजमान श्रेष्ठ, निवर्तमान वडाध्यक्ष भी.न.पा.–२, दोलखा
    दोलखाको नेवार जातीको पहिचान दिने चिन्ह नै नेवारी भाषा संस्कृती भएकोले यसको संरक्षण गर्नु आजको आवश्यकता रहेको छ । अर्को तर्फ यस संग–संगै यहाँ संचालनमा रहेका धर्म–संस्कृती, स्थानिय जात्रामात्रा, चाडपर्व पनी जोडिन आउने भएकोले यसको संचालनमा पनी विशेष ध्यान दिनु पर्छ । जुन कुराले दोलखाको सिङ्गो नेवार जातीको पहिचान र मौलिकता दिन सफल भएको छ । यसै गरी दोलखा भित्र बाहिर बस्ने नेवार जातीले आ–आफ्नो बालबच्चा, चेलीबेटी, छोराबुहारीलाई दोलखाको नेवारी भाषा सिक्न प्रयत्न गर्नु पर्छ भन्ने मेरो बिचार रहेको छ ।

    यसै गरी अर्को तर्फ स्थानिय निकायले यस कार्यको लागि सहयोग गर्नु पर्छ । यसै गरी यस कार्यमा दोलखाको नेवारी भाषाको संरक्षण गर्नु पर्ने उद्देश्य राखी अगाडी बढेर अगुवाई गरिरहने मिडिया बाँपीझ्याला डटकम लगायत अन्य स्थानिय अन्य संघ–संस्थालाई अगाडी बढन् हामीले सहयोग गरी सद्भाव राख्नु पर्छ । यसको लागि म वडाध्यक्ष हुदाँको बखतमा पनी वडाले बाँपीझ्याला मिडियालाई सहयोग गरेको थियो । जुनकुराले अहिले निरन्तरता पाएको जस्तो लाग्दैन । भाषा संस्कृती कसैको निजी सम्पती होईन यो सामूहिक सम्पत्ती भएकोले यसको संरक्षण सामुहिक रुपमा हुनु पर्छ त्यसैले वडाले यस्तो सहयोगलाई निरन्तरता दिनु पर्छ । यदी यसो गरेको खण्डमा नेतृत्व लिएर बस्ने व्यक्तिलाई उत्प्रेरणा मिल्छ र अगाडी बढ्न सहयोग पुग्छ ।

    अर्को कुरा कितावमा मात्र भाषा संरक्षण गरेर हुदैनकी यसको लागि दैनिक बोलीचालीमा प्रयोगमा ल्याउन जरुरी रहेको हुन्छ । जसको लागि दोलखा भित्र बाहिर बस्ने नेवार दाजुभाई, दिदीबहीनीहरुले व्यक्तीगत रुपमा उतिकै चासो लिनु पर्ने देखिन्छ ।

    स्थानिय सरकारले स्थानिय बस्तुगतको आधारमा पाठ्यक्रम निर्धारण गरेर दोलखाको नेवारीभाषा लगायत तामाङ, थामी, शेर्पा र गुरुङ जातीको मातृभाषाबाट स्कूल स्कूलमा अध्यापन शुरु गर्नु पर्छ । यसको लागि जातिय बाहुल्यताको आधारमा पाठ्यक्रम निर्धारण गरी पठन पाठन शुरु गर्नु पर्ने र बोलीचालीमा सानोदेखि ठुलोसम्मका व्यक्तीत्वहरुले प्राथमिकता दिनु पर्ने विचार व्यक्त गर्नु भयो ।

    नहेन्द्र प्रधान, अध्यक्ष द्वाल्खा नेपाल भाषा खलक
    कुनै पनी जातजातीको भाषा उसको पहिचान संग जोडिएको हुन्छ । यसै गरी दोलखाको नेपाल (नेवार) भाषा यहाँको नेवार समुदायसँग जोडिएको हुन्छ । यो सँगै यहाँ संचालनमा रहेको चाडपर्व, जात्रामात्रा, अवस्थीत देवदेवालय, मठ–मन्दिरले उक्त नेवारीभाषाको प्रतिनिधित्व गर्दछ । जुन एक आपसमा परिपुरक छ । यसरी भाषा, संस्कृती, परम्परा र रहन सहनले त्यहाँ बसोबास गर्ने जातीको प्रतिनिधित्व गरेको हुन्छ ।

    यसरी प्राचिन शहर दोलखामा दोलखाको नेपाल (नेवारी) भाषा, संस्कृती, परम्परा, जात्रामात्रा र देवदेवालय अनी चैत्य मठ–मन्दिरले यसको प्रतिनिधित्व गरिरहेकोले यसको संरक्षण गर्नु अति आवश्यकता रहेको छ । दोलखाको नेपाल (नेवारी) भाषाको कुरा गर्नु पर्दा प्राचिन शहर दोलखा लगायत सिन्धुपाल्चोक जिल्लाको तौथल, जेठल, लिष्ती र काभे्रपलाञ्चोक जिल्लाको दुतीमा विशेषतः दोलखा नेपालभाषाको प्रयोग गरिएको पाईन्छ । यसरी प्रयोगमा आईरहेको भाषा संरक्षणको लागि स्थानिय निकायले पहल गरी संरक्षण गरी सहयोग गर्नु पर्छ । यस सन्दर्भमा म दोलखा नेपाल भाषा संरक्षणको लागि स्थानिय निकाय भिमेश्वर नगरपालीका चरिकोट दोलखा र वडा नं. २ को कार्यालय दोलखालाई अग्रसरको लागि अनुरोध गर्दछु । जुन कुराले दोलखाको नेवार जातीको पहिचार मौलिकतालाई बचाएको छ । मुख्यगरी दोलखा नेपाल भाषाको संरक्षणको लागि त्यहाका स्थानिय वासिन्दाले आफु र आफ्नो परिवार भित्र प्रयोगमा ल्याउनु पर्छ ।

    पुर्षार्थ श्रेष्ठ, समाजसेवी/ बुद्धिजिवी
    भाषा एकले अर्कोलाई अभिव्यक्त गर्ने माध्यम हो । जुन कुरा मानविय जिवनमा अति महत्वपूर्ण अङ्गको रुपमा रहेको छ । यसै गरी दोलखाको नेवार जातीले प्रयोगमा ल्याएको दोलखाको नेपाल (नेवारी) भाषा यो दोलखाको ईतिहासमा एक महत्वपूर्ण कडीको रुपमा रहेको छ । जसको संरक्षण हामी सवैले गर्नु आजको आवश्यकता रहेको छ ।
    समाज परिवर्तन सँगै बस्ती विस्तारको पनी विकास भएको पाईन्छ । यसरी वस्ती विस्तार सँगसँगै बसाई सराई पनी प्रचुर मात्रामा भएको पाईन्छ । यसै गरी प्राचिन शहर दोलखा भित्रका युवा युवती बिचको बैबाहीक सम्वन्धमा एक जातले अर्को जात अर्थात अन्तरजातिय विवाहको संख्या दिनप्रतिदिन बढ्दै गएको पाईन्छ । यसको बढावा सँगै स्थानिय मौलिक नेवारी भाषा बोल्नेको संख्या दिन प्रतिदिन घट्दै गएको छ ।

    यसरी अन्तरजातीय बैबाहिक सम्वन्ध बढ्दै गएको भएतापनी स्थानिय आफ्नो पहिचान बोकेको भाषालाई बचाई राख्न दोलखाका नवदम्पतीहरुले सोच्नु पर्छ र आफ्नो छोराछोरीलाई पुर्खाको सम्पत्ती सम्झेर सिकाउनु पर्छ । संचारको विकास संगसंगै दोलखाको नेपाल (नेवार) भाषा, नेवारी भाषा, नेवारी कुराको जर्गेना गर्नु पर्छ ।

    यसलाई हामीले सम्वोधन गर्ने प्रकृति फरक रहेता पनी सम्पूर्ण दोलखावासीको मनसाय दोलखाको नेवारी भाषालाई संरक्षण गर्नु नै रहेको जस्तो लाग्छ । यसै गरी सरकारले कुन र के को आधारमा मान्यता दिन खोजेको छ त्यो पनी हाम्रो तर्फबाट अध्ययन गर्न जरुरी रहेको छ ।

    यस कार्य लगायत अन्य दोलखाको सामाजिक सामूहिक कार्य गर्नको लागि हामीले एक न एक जना व्यक्तिको नेतृत्व स्विकार गर्नु नै पर्छ । यसै गरी आलोचनात्मक विरोध संगै कतिकुरामा समर्थन गरेर सहयोग गर्नु पर्छ । यही नै दोलखाको सामाजिक कार्यको थालनी एक बाटो हुन सक्छ । जसले सिङ्गो नमुना प्राचिन शहर दोलखा निर्माण गर्नको लागि थप सहयोग पुग्ने छ ।

    भगवानदास श्रेष्ठ, संस्कृती प्रेमी
    दोलखाको नेवार जातिले बोलिने नेवारी भाषा सम्पूर्ण दोलखावासीको साझि सम्पती हो । यो सम्पूर्ण हामी दोलखाली नेवार समूदायसँग जोडिएको छ । जसलाई संरक्षण गर्नु हामीले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ । जुन भाषा हाम्रो मातृभाषाको रुपमा स्थापित भएको छ ।

    त्यसैले यो दोलखाको नेवारी भाषा, अनी संस्कृती र परम्परा एक आपसमा परिपूरक रहेको छ । जसले सिङ्गो प्राचिन शहर दोलखालाई पहिचान दिलाउन सफल भएको छ । जहाँसम्म दोलखाको नेवारी भाषाको कुरा छ यो हामी बिचमै प्रयोग गर्न महत्वपूर्ण रहेको छ । यदी हामीले प्रयोग गदैर्नौ तर संरक्षणको कुरा गछौं भने यसले महत्व राख्दैन । हामी दोलखाको दाजुभाई, दिदीबहीनी जहाँ जुन अवस्थामा पेशा व्यवसायमा बसेको भएपनी आफ्नो मातृभाषा, संस्कृती, परम्पराको संरक्षणको अभियानमा लाग्नु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा रहेको छ ।

    तिर्थनारायण जोशी, सामाजिक अभियान्ता
    दोलखाको नेवार जातिले बोलिने नेवारी भाषा सम्पूर्ण दोलखावासी नेवार समूदायको पहिचान हो । यसको संरक्षण गर्नु हामी सवैको दायित्व अनी जिम्मेवार भित्र पर्दछ । कुनै पनी जातजातीको भाषा, संस्कृती भनेको उसको जातिय पहिचान भएकोले यसको संरक्षण गर्नु अति आवश्यकता रहेको छ । त्यसै गरी दोलखाको नेवारी भाषाको संरक्षण गर्न सम्पूर्ण दोलखावासी नेवार समूदायले चाँसो राख्नुका साथै मुख्यतया बोलीचालीमा निरन्तरता दिनु पर्छ ।

    दोलखाको नेवारी भाषा दिनप्रति लोभ हुर्दै गएको छ । जसको संरक्षणको लागि नव युवा युवतीहरुले विशेष चाँसो राख्नु पर्छ । पूर्खाले संरक्षण गर्दै आएको संस्कृती र बोलीचालीमा रहन्दै आएको दोलखाको नेवारी भाषा दोलखाको ईज्जत, गौरव भएकोले यसको संरक्षणको लागि स्थानिय निकायले चाँसो लिनु पर्ने देखिन्छ र हामीले यस कार्यमा सहयोग गर्नु पर्छ । यसै गरी विशेषतः हामीले बोलीचालीमै जोड दिएर अगाडी बढ्नु पर्छ ।

    सकुना श्रेष्ठ मलेकु, महिला उद्यमी, समाजसेवी
    प्राचिन शहर दोलखा अनी यस भित्रको धर्म संस्कृती र परम्पराको भिन्न मौलीकता रहेको छ । यसै गरी यहाँ बसोवास गर्ने नेवार जातीले प्रयोग गर्ने गरेको नेवारी भाषाको पहिचान छुट्टै रहेको छ । यसकारणले पनी दोलखा यस भित्र बसोवास गर्ने नेवार जातीको विशेष महत्व रहेको पाईन्छ । नेपाल राज्यको अन्त बोलिने नेवार भाषाभन्दा यहाँ बोलिने नेवार भाषा भिन्न र आफ्नै मौलिकता रहेको पाईन्छ ।

    अर्को तिर दोलखाको नेवारी भाषा आफ्नै मौलिकता र पहिचानमा अडेको कारणले यसको संरक्षण हामी सवैले मिलेर गर्नु आवश्यक रहेको छ । यसको लागि सर्वप्रथम हामीले हाम्रो दैनिक व्यवहारीक बोलिचालीमा निरन्तरता दिनु पर्छ । नव विवाहीत दम्पतीहरुलाई दोलखाको नेवारी भाषाको महत्वको बारेमा हामीले बुझाउनु पर्छ । यदी हामीले यसो गरेको खण्डमा भोलीका दिनमा उनीहरुले आफ्नो छोराछोरी, नातीनातिनीहरु आफ्नो मातृभाषा सिकाउन सक्षम हुनेछन् । यस कार्यको लागि स्थानिय निकायले सहयोग गर्नु पर्छ भने हामी अग्रसर हुनु पर्छ । हाम्रो भाषा सँस्कृतीलाई हामीले जिवित राख्न सक्यौ भने मात्र हाम्रो पहिचान जिवित हुन्छ त्यसैले यस कार्यमा हामी सवै एक भई संरक्षणको लागि आ–आफ्नो ठाउँबाट पहल कदमी गर्नु पर्छ । संस्थागत रुपमा दोलखाको नेवारी भाषाको विकास गर्ने प्रक्रियामा बाँपीझ्याला मिडियाले आफ्नो क्रियाकलापलाई अगाडी बढाएको छ ।
    यसरी अगाडी बढी केही गर्नु पर्छ भन्ने मान्यता रहेका बाँपझ्यिाला मिडिया लगायत अन्य सहयोगीहरुलाई हामी एक भएर सहयोग गर्नु पर्छ । जसले सिङ्गो दोलखाको पहिचान दिलाउन सहयोग गरेको कार्यलाई सहयोग गर्नु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा रहेको छ । यस कार्यको लागि मेरो तर्फबाट सहयोग भईरहेको छ र आगामी दिनमा सहयोग गर्नेछु ।

    यसै गरी २०६९ सालमा दोलखा नेपाल भाषा खलक र ग्रामीण सामूदायिक विकास परिषद् दोलखाको प्काशन र बाँपीझ्याला डटकमका सम्पादक उपेन्द्र प्रधानको सम्पादन अनि सक्रियाताले “दोलखा नेपाल भाषा खँकुठीे (शब्दकोष)” प्रकाशनमा ल्याएको छ । यसको हामीले अध्ययन गर्न जरुरी रहेको छ र कति ठाउँमा परिमार्जन गर्नु पर्छ गरेर परिमार्जन गरी अगाडी बढ्नु पर्छ ।

    महेन्द्र श्रेष्ठ, पत्रकार
    दोलखाको नेवारी भाषा हामी सम्पूर्ण दोलखाका नेवार समूदायको सम्पत्ती हो, यसको संरक्षण हामी सवै मिलेर गर्नु पर्छ । दिन प्रतिदिन हाम्रो दोलखाका नेवार जातिले बोलीने नेवारी भाषा लोभ हुने अवस्थामा पुगेको छ । त्यसैले पनी यसको संरक्षण गर्नु पर्छ भन्ने मेरो व्यक्तीगत धारणा रहेको छ । यसै गरी मुख्य कुरा हामीले हाम्रो दैनिक बोलीचालीमा दोलखाको नेवारी भाषाको प्रयोग गर्नु पर्छ ।

    भाषा संस्कृती भनेको कुनै पनी जातजातीको सामूहिक सम्पत्ति भएको कारणले गर्दा यसको संरक्षणमा स्थानिय निकाय वडा, नगरपालीकाले चासो लिनु पर्छ । अर्को तर्फ स्थानिय विद्यालयमा सकभर अनिवार्य सकिन्दैन ऐच्छिक बिषयको रुपमा दोलखाको नेवारी जातीले बोलिने नेवारी भाषा लगायत भिमेश्वर नगरपालीका भित्र रहेका थामी, तमाङ, शेर्षा जातीले बोल्ने मातृभाषाको पाठ्यक्रम तयारी गरी अवलम्वन गर्नु पर्छ । यसै गरी यस अभियानमा लाग्ने बाँपीझ्याला मिडिया लगायत अन्य सहयोगीहरुलाई राज्यले सहयोग गर्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।

    मल्टिमिडिया ग्यालरी

    [embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

    Written by 

    Related posts

    Leave a Comment